केपि वलिको असंवैधानिक कदमका बिरुद्धमा पलाँता एक भएर लाग्छै युवा नेता बम

कालिकोट जिल्लाको पलाँता ७ मा केपि वलिको असंवैधानिक कदमका बिरुद्ध भएको कार्यक्रममा पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छा, उपाध्यक्ष दाना न्यौपाने , वडा अध्यक्ष लगाएत पलाँता ने.क.पा पार्टी अध्यक्ष बिष्णु बहादुर रोकाया इन्द्र सचीव राज बहादुर बम, स्मवनय सदस्य अनन्त विस्वकर्मा राजेश), लगाएत ९ जना जिल्ला कमिटि र गाउँ कमिटि सदस्य ९९ % दुसिमा भएको केपि वलिले गरेको असंवैधानिक कदमको भन्डाफोर गर्न नेकपाको आयोजित कार्यक्रममा उपस्थिति भएर भेला सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै पलाता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले केपि वलिको असंवैधानिक कदमका बिरुद्धमा पलाँता एक भएर लाग्छ, हजारौ जनता कार्यकर्ताको उपस्थिति भएको कार्यक्रममा अध्यक्ष बमले फासिवादी ओली मन्डलीको असंवैधानिक कदमको युवा नेताहरुले भण्डाफोर गर्नु पर्ने बताउनु भएको छ । पलाँता ७ दुर्सिमा आयोजित विरोध सभामा प्रमुख अतिथिको रुपमा बोल्दै बमले प्रधानमन्त्री ओलीले सिफारिस गरेको संसद विघटन प्रस्ताव संवैधानिक नभएको उहाँको भनाई रहेको छ।

राजतन्त्रको झोली बोकैर बयलगाडा चलाउने प्रतिगामी सोचको खरानी बनाउने बेला आयको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपि शर्मा वलिले संसद बिघटनका विरुद्ध संविधान बिपरित कदमको विरुद्ध आन्दोलन गर्नु परेको बताउनु भयो । कार्यक्रममा अनन्त विस्वकर्मा राजेश), विष्णु बहादुर रोकाया ईन्द्र), लक्ष्मण बहादुर बम पलाँती कान्छा, मान बहादुर भन्डारि ( बासिन्दा), राज बहादुर बम, दन्त बहादुर बम लगाएतले आफ्नो धारणा राख्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *