शुभकालिका गाउँपालिकामा ब्यक्तिगत घटना दर्ता अनलाइन सेवा प्रारम्भ

कालिकोट :जिल्लाको शुभकालिक गाउँपालिकामा एक कार्यक्रम बिच ब्यक्तिगत घटना दर्ता जन्म, मृत्यु बसाइँसराइ ,बिवाहा ,सम्बन्ध बिच्छेद जस्ता ब्याक्त्तिगत घटना लाई अनलाइन सेवा प्रारम्भ गरियोको छ ।
गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईं ले सुभकालिका गाउँपालिका वडा न ५ निवासी राजेन्द्र बहादुर शाहीका छोरा रिदम शाहीको अन्लाईन जन्म दर्ता प्रमाणपत्र प्रदानगरि अन्लाईन घटना दर्ता सेवा प्रारम्भ गरिएको हो । राष्ट्रिय पारिचयपत्र तथा पञ्जिकरण विभागको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना (VERSP-MIS) ब्यबस्थापन सुचना प्रणालीमा अनलाइन घटना दर्ता सेवा प्रारम्भ गरियो हो ।                                                गाउँपािलका उपाध्यक्ष पम्फा कुमारी शाहीले पहिलेको तुलनामा अहिलेको अनलाईन दर्ता प्रक्रिया सबैभन्दा निष्पक्ष र पारदर्शी भएकाले यसलाई दिगो टिकाउनु पर्नेमा सबै जनप्रतिनिधी र कर्मचारीको सहयोग सहकार्यको आवश्यकता रहेको बताईन् । शुभकालिका गाउँपालिकाका सम्पूर्ण वडाहरुमा अबको केही दिनमा व्यक्तिगत घटना अनलाईन दर्ता प्रर्णालीको सुरु गर्ने पञ्जिकरण शाखाका कर्मचारी गोपिचन्द्र तिमल्सेनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *