केपी ओलीको अहंकारवाद र निरंकुशताका बिरुद्ध लड्न अध्यक्ष शाहीको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालिकोटका अध्यक्ष धनजीत शाहीले केपी ओलीको अहंकारवाद र निरंकुशताका बिरुद्ध लड्न आह्वान गरेका छन् । उनले बुधबार एक प्रेस विज्ञप्ती निकाल्दै केपी ओलीको अहंकारवाद र निरंकुशताका बिरुद्ध वैचारीक र राजनैतिक हिसाबले लड्ने साहस राख्दै एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

अध्यक्ष शाहीले निकालेको विज्ञप्तीमा भनिएको छ,”केपी ओलीको अहंकार र निरंकुृशताको बिरुद्धमा बैचारिक, राजनैतिक हिसाबले लड्ने शाहस राख्दै एकताबद्ध भएर अघि बढ्न सम्पूर्ण यस जिल्लाका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तक आदरणीय जनसमुदायमा हार्दिक अपील सहित विशेष अनुरोध गर्दछौं ।”

उनले पार्टी केन्द्रको पौष ७ गते अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षता बसेको बैठकले लिएका निर्णयको स्वागत समेत गरेका छन् । शाहीले विज्ञप्ती मार्फत केपी ओलीले वैदेशिक शक्ति केन्द्रको हाँसो र नेपाली जनताको शिर निहुराउने काम गरेको स्पष्ट पारेका छन् ।

”प्रतिनिधि सभा विघटन गर्ने केपी ओलीको कदम असंबैधानिक भएकाले न्यायलयले न्यायिक निर्णय लिने कुरामा विश्वास लिएका छौं ” अध्यक्ष शाहीले निकालेको विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *