प्रधानमन्त्री केपी ओली विरुद्ध कालिकोटमा सिट्टि जुलुस

केपि तेरो पाराले दु:ख पायो साराले भने नाराका साथ सिप्टी जुलुस गरेका छन् । प्रतिनिधि सभा विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्री केपी ओली विरुद्ध कालिकोटमा आज चौथो दिन पनि प्रदर्शन गरिएको छ ।सत्तारूढ दल नेपाल कम्युनिस्ट पाटी नेकपाका भातृ संगठन युवासंघ र अनेरास्ववियूु जनवर्गीय संगठनहरुले कालिकोटमा प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले गरेको अवैधानिक, अलोकतान्त्रिक निरकुंश संसदीय विघटनको ‘कु’ का विरुद्ध विरोध प्रदर्शन गरिएको अनेरास्ववियूका केन्द्रीय नेता भिम प्रसाद आचार्यले बताए । प्रधानमन्त्री ओली विरुद्ध लगातार विरोध प्रदर्शन गर्ने तयारी समेत गरिएको बताए ।उक्त विरोध कार्यक्रममा सचिवालय सदस्य सरोज वोगटी(विपिन ),जिल्ला कमिटी सदस्य प्रभानन्द आचार्य ,तिलागुफा नगर कार्यालय सदस्य गणेश बहादुर शाही ,अनेरास्ववियू केन्द्रीय सदस्य भिम प्रसाद आचार्य ,जिल्ला संयोजक मनसिह शाही सचिवालय सदस्य अमित शाही (मिलन) ,अनेरास्ववियूका नेता हिक्मतजंग मल्ल लगाएत विद्यार्थी र युवाको सहभागीता मा सिप्टी जुलुस गरिएको छ।उक्त कार्यक्रम प्रधानमन्त्री र राष्टपतिको चर्को विरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटनका लागि आज राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको थिए । राष्ट्रपति भण्डारीले संसद विघटन गरेको घोषणा गरेकी थिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *