जाफे छलाँहा राडुनेटा सडकको सील्यानेस कार्यक्रम सम्पन्न

नमराज न्यौपाने

कालिकोट जिल्लाको पलाँता गाउँ पालिका ५ खीन स्थीत नेटामा पार्टी र सरकार सयुक्त जनसभा भेला र जाफे छलाँहा राडुनेटा सडकको सिलान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाले जाफे छलाँहा राडुनेटा सडकको सील्यानेस गर्नु भएको छ । कार्यक्रममा पलाँता गाउँ पालिका उपाध्यक्ष दाना न्यौपाने, सम्वनय सदस्य अनन्त बि क राजेश, वडा अध्यक्ष ऐनराज महतारा, बिर बम, रुप बहादुर रोकाया,  ९ का पार्टी अध्यक्ष लंक बहादुर बम, उर्जा ब्यबस्थापन समीती संयोजक जनराज बम, प्रत्रकार लगाएत जनसमुदायको बाक्लो उपस्थीतीमा जाफे छलाँहा राडुनेटा सडकको सिलान्यास भएकाे छ ।

खीन स्थीत नेटामा विसाल जनसहभागितामा सम्पन्न उक्त जनसभालाई सम्बोधन गर्दै गाउँ पालिका अध्यक्ष बमले देश वास्तवमा जनताको नै भएकाले जनताले यसको रक्षाका खातिर उठिबस्नु पर्छ भन्ने कुरामा जोड दिदै पलाँता लाई समृद्ध बनाउनका लागि सरकार लागी परेको बताउनु भयो । पलाँतामा ने क पाको सरकार बिष बर्ष रहन्छ, पलाँता गरिब मुलुक हैन समृद्ध मुलुक बनाउनका लागि सरकार अगाडी बडने, उहाँको भनाइ थियो । पलाँता लाई समृद्धीको बाटोमा अगाडी बडाउन आवस्यकता देखेरै आफुहरु लागी परेको बताउनु भयो । बाम गठबन्धनको सरकार आएपछि देशमा बिकास निर्माणले समेत गति लिएको बिश्वास ब्यक्त गर्नुभयो ।

यस्तै सभामा बोल्दै अनन्त बिक राजेशले शुसासन र समृद्धिको लागि बामपन्थिको सरकार भन्ने मुल नारा लिएर पलाँता बाट अगाडी बडने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *