व्यक्तिगत लगानीमा विद्यालयको भवन निमार्ण

नमराज न्याैपाने कालीकोटः जिल्लाको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम ‘पलाती कान्छा’ ले आफ्नो व्यक्तिगत लगानीमा २ कोठाको विद्यालय भवन निमार्ण गरेका छन ।
पलाता गाउँपालिका– १ खाडामा रहेको गणेश आधारभुत विद्यालयको दुई कोठे भवन आफ्नो व्यक्तिगत १५ लाखको लगानीमा निमार्ण गरेका छन् . विद्यालयमा भवनको अभाव भएर बालबालिका जिर्ण भवनमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अध्यक्ष बमले भवन निमार्ण गरेका छन् । पलाताको विकासका लागि आफु लागिपरेको भएपनि केही विकास विरोधीहरुले आफुले गरेको विकास देख्न नचाहेको अध्यक्ष बमले बताउनु भयो । .

उहाँले भन्नुभयो योजनाको अनुगमनमा खाडामा आएको थिए बालबालिका विद्यालय बाहिर बसेर पढेको देखे त्यहाँका शिक्षकले कक्षा कोठाको अभाव भएको बताएपछि गाउँपालिकाबाट तत्काल बजेटको व्यवःथापन गर्न सकिने अवस्था थिएन र आफ्नो व्यक्तिगत १५ लाख खर्च गरि विद्यालयको भवन निमार्ण गरेको हुँ ।

विद्यालय भवन जिर्ण भएको देखेपछि आफुलाई सहयोगको ईच्छा जागेको उहाँले बताउनु भयो । ‘पानी चुहिएर भवन जिर्ण भईसकेको थियो, मेरो चाहना पनि यस्तै विद्यालयलाई सघाउने थियो, बमले भन्नु भयो ‘त्यहि चाहना अनुसार बनाएको हँु अहिले विद्यालयको भवनमा विद्यार्थी बसेर पढिरहेको पाउदा खुसि छु ।

२०४६ सालमा जनसहभागिताबाट बनेको भवन जिर्ण बन्दै गएको थियो । विद्यालयको टिनका छाना चुहीएर विद्यार्थी बर्षा याममा पढ्न नसक्ने अवस्था थियो सोही बमोजिम मैले विद्यालयको भवन निमार्ण गरेको हु ।. अहिले विद्यालयमा १ सय जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *