सान्नी त्रिबेणी गाउँपालिकाको पञ्चदेवल प्राबिधिक शिक्षालय भवनको मुख्यन्त्री शाहीद्वारा उद्घाटन

कालिकोट । गृह जिल्लाको भ्रमणमा रहनु भएका कर्णाली प्रदेका मुख्यन्त्री महेन्द्र बहादुर शाहीले जिल्लाको सान्नी त्रिबेणी गाउँपालिकाको पञ्चदेवल प्राबिधिक शिक्षलयको आठ कोठे भवनको उद्घाटन कार्यक्रममा बोल्दै बिकास भएन भन्नेले ७० साल अघि र पछिलाई तुलना गर्न चेतावनि दिनुभएको । जिल्लाको पलाता गाउँपालीकाबाट बिकास आयोजनाहको अनुगमन, जनता संग साक्षत्कार , जनयुद्धका सहीत तथा बेपत्ता परिवारका सदस्यहरु संग भेटघाट पार्टी कमीटीका आन्त्तरिक छलफल गर्दै सान्नि त्रिर्बेणी गाउपालीका पुग्नु भएका मुख्यमनन्त्री शाहीले सान्नित्रिर्बेणीमा नेकपाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिदै गाँउ गाँउमा सडक, ग्रामिण बिद्युतिकरण, सिचाई लगाएतका बिकासि कामहरुमा नेकपा सरकारले गरेको सुरुवाति आगामि चुनाव पनि जितेर नेकपाकै सरकारले पुरा गर्ने बताउनु भयो ।
मुख्यमन्त्री शाही रास्कोट नगरपालिका हुँदै आज सान्नि त्रिर्बेणी गाउँपालीकामा पुग्नु भएको हो । सान्नि त्रिर्बेणी गाउँपालीकामा रहेको पन्चदेवल प्राबिधिक शिक्षलयको भवन उद्घाटन गर्न आयोजित कार्यक्रमलाइ सम्बोधन गर्नु अघि मुख्यमन्त्री शाहीले रास्कोट नगरपालीकामा तत्कालनी माओबादी नेता बिश्वनाथ योगिको घर परिवार संग भेटघाट गर्नु भएको थियो । भेटघाट पछि रास्कोट नगरपालीकाको मोतिराम उच्च माबि मालिका आधारभुत बिद्यालय कोलिगाउ र सुन्दर आधारभुत बिद्यालय रास्कोट नगरपालीका १ले आयोजना गरेको कार्यक्रममा सरीक हुदै मुख्यमन्त्री शाही सान्नि त्रिर्बेणी गाउँपालीका पुग्नु भएको छ ।रास्कोट नगरपालीका सान्नि त्रिर्बेणीका गत साउनमा आएको बाढिपहीरुोमा परि पिडित भएकाघरपरिवारहरु संग छलफल समेत गर्नु भएको छ ।

सान्नि त्रिर्बेणी गाउँपालीकाको पन्चदेवल प्राबिधिक शिक्षलयको भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले आको समय भन्दा अघि अर्थात ७० साल भन्दा अघिको र पछिको बिकासको गति हेर्नेले संघियता किन चाहीएको थियो स्थानीए सरकारले कति बिकास गरेको छ भनेर सबै देखेको र हेर्न सक्ने बताउनु भयो । कार्यक्रममा संघिय प्रतिनिधिसभाका सांसद दुर्गबहादुर रावतले बिकासमा के गरे भन्ने हैन के गर्न बाकी छ ऐेजेण्डा ल्याएर आउन आग्रह गर्नु भएको छ ।

कार्यक्रममा सत्तारुढ दल नेकपाका जिल्ला अध्यक्ष धनजीत शाहीले अहिलेको सरकाले जनमुखि कार्य गर्दै आएको बताउनु भयो । प्रदेश कमीटीका सदस्य जनक नाथ योगिले कर्णली प्रदेशको निर्णायक ठाउँमा मुख्यमन्त्री कालीकोटकै भएकाले अवसर लिनु पर्ने बताउनु भयो । उक्त कार्यक्रम बिद्यालय ब्यवस्थथापन समितिका अध्यक्ष तिर्थ ऐडिको अध्यक्षयतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *