खाडा बस्ति हस्तान्तरण , दाम्रीगाड खोलामा पक्की पुलकाे सिलान्यस र १५ शैयाको अस्पताल उद्घाटनमा मुख्यमन्त्री शाहि सहभागि

माननिय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पलाँताको खाडामा बासै बसि जनताको गुनासो सुनेका छन् । पलाँता गाउपालिकामा २०७४ शाल बैसाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनमा टिकट कोले पाउने नपाउने भन्ने कुरामा चुलिएको बिवाद र भएको मनमुटावका कारण सिंगो पलाँताबासिहरुले अहिले सम्म पनि साष्ति खेपेको देखेपछि मुख्यमन्त्री तथा नेकपा कालिकोटका इन्चार्ज समेत रहेका महेन्द्र बहादुर शाही पलाँताको खाडामा बास बसि २ दिन एक रात लगाएर गुनासो सुनेका हुन् ।

पलाँताको बिषयमा बाहिर स्यालहुइयाँको भरमा भएको प्रचारलाई केन्द्रविन्दुमा राखि त्यहाँको बास्तविक्ता, यथार्तता, सत्य तथ्य कुरा सुन्न मुख्यमन्त्री शाही पलाँताबासिको घरदैलोमा पुगेका हुन् । मुख्यमन्त्री शाही पलाँता पुग्दा दुई तिहाँइ बहुमतको सरकारले गरेको विकासलाई देखेर केहि दुई चार जना दरिद्र बिचार चिन्तन भएका विकास विरोधिहरुले दुस्प्रचार गरेको देख्दा आफुलाई हाँसो उठेर आएको बताए ।

उनले भने केहि दिन अगाडि प्रतिपक्क्ष दलका मेरा अनन्य मित्रहरु आएर भ्रष्टचारका बिषयमा बोल्नु भएछ । भष्ट्रचारका बिषयमा बोल्नु त राम्रै हो तर नेकपाको सरकारनै भ्रष्टचारको मतियार भएको भन्दै नाराजुलुस समेत गर्नु भएछ । हामी ठोकुवा गर्न चाहान्छौ शतिसाल देखि काँग्रेसले सिध्याएको देश, गाउ र समाजलाई नेकपाको पालामा सुन्दर र समृद्धि गरेर छोड्छौ ।

पलाँतामा भएको पार्टि र सत्ता बिचको अन्तरविरोधका कारण विपक्षहरुले मसाल पाएकाले अवका दिन देखि अन्तरविरोध समाधान भएको समेत बताए । पलाँता गाउपालिकामा भएको बिकासमा सडक, बिद्युत्त, शिक्षा, खानेपानि, खेलकुद तथा वेरोजगारका क्षेत्रमा भौगोलिक कठिनाईका बिच पनि भएको सकरात्मक कामको प्रशंसा गर्दै केहि कमजोरि भएको खण्डमा सुधार गरेर लैजाने जनताको बिचमा प्रतिबद्धता गरेका छन् ।पलाँता गाउपालीकाको दाम्रीखोलामा  कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय शाहिले पलाँता गाउपालिका अन्तरगत वेल्केढुंगा मोहोर पुलाहा हुदै छलाँहा जाने दाम्रीगाड खोलामा पक्की पुल निर्माणका लागि शुक्रवार सिलन्यास गर्दै सम्झौता अबधि एक बर्षको मात्र रहेकाले सम्झौता अबधि भित्र पुल निर्माण भइसक्ने बताए

प्रदेस सरकार भौतिक पुर्वाधार बिकास शाखा कार्यालय कालिकोटले आहन गरेको ठेक्का अनुसार करिव ३ करोड टेण्डर प्रकृया पुरा गरि सुपरस्टार निर्माण सेवाले काम गर्ने भएको छ । पक्की पुल निर्माणका लागि सम्झौता प्रकृया पुरा गरी सुपरस्टार निर्माण सेवाले पेस्की समेत लिइसकेको बताइएको छ ।

गाल्वा जगदम्वा सुपरस्टार जेवि, सुपर स्टार निर्माण सेवाले पलाँताको दाम्रीगाडमा पक्की पुल निर्माण गर्ने भएको छ भने पँचालझरना गाउपालिकाको जारकोटमा पलाँता पँचालझरना गाउपालिका जोड्ने पक्की पुलको निर्माण कार्य हिराजन क्यारावन सुपरस्टार र सुपर स्टार निर्माण सेवाले करिव १३ करोडमा ठेक्का सम्झौता गरेको सुपरस्टार निर्माण सेवाकि सञ्चालिका तारा शाहाले बताइन ।                             कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पलाँता गाउपालिकामा निर्मित १५ शैयाको अस्पताल उद्घाटन गरेका हुन । आर्थिक बर्ष २०७६/७७ मा कर्णाली प्रदेस सरकार बाट प्राप्त विशेष अनुदान रकमबाट ४० लाख र पलाँता गाउपालिकाको वित्तिय समान्यिकरण रकमबाट ३० लाख गरि जम्मा ७० लाख लागतमा पलाँता गाउपालिकामा निर्मित पलाँता अस्पतालको एक कार्यक्रम गरि १५ शैय्या अस्पताल निर्माण भएको हो ।

पँलाता गाउपालिकामा अन्तरगत वेल्केढुंगा मोहोर पुलाँहा छलाँहा सडक खण्डको बिचमा पर्ने दाम्रीगाड खोलामा पक्की पुल निर्माण नभए पलाँताबासिलाई निक्कै साष्ति हुने भएकाले जति सक्दो चाँडो निर्माण कार्य सम्पन्न गर्ने पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *