कालिका मावि सिकु खयरकाेटकाे चार काेठे भवनकाे उद्घाटन

पचालझरना गाउँपालिका – २ सिकु खयरकाेटकाे कालिका माविकाे चार काेठे भवनकाे उद्घाटन गरिएकाे छ
शनिबार एक कार्यक्रमका बिच नेकपा कर्णाली प्रदेसका सचेतक तथा प्रदेश सभा सदस्य समेत रहेका माननीय कुर्मराज शाहिले उद्घाटन गरेका हुन । जिणदार भवनमा पठन पाठन हुँदै अाएकाे साे विध्यालयमा चारकाेठे नंयाभवन निर्माण सम्पन्न भई, भवनकाे उद्घाटन गरेपछि स्थानिय वासिहरूले खुशिहुँदै , सरकारलाई धन्यवाद दिए । स्थानिहरूले धुमधामका साथ, नंयाभवनकाे उद्घाटनमा भव्य सहभागिता रहेकाे थियाे ।
उद्घाटन गदै सचेतक शाहिले, संघियताकै उपज, सिकुकाे खयरकाेटमा चारकाेठे पक्कि भवन पाएकाे बताए । उनले भने, सायत देशमा संघियता नअाईदिएकाे भए । खयरकाेट जस्ता दुर्गम क्षेत्रमा यस्ता याेजना अाएर विकास हुन्थेन। स्थानिय सरकारले पनि भाैतिक विकास संगै विभिन्न क्षेत्रमा विकास गरेकाे देखिएकाे बताए । उद्घाटन कार्यक्रममा पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवाल, गाउपालिका सरकारका प्रवक्ता अनुरूप राेकाया, वडाअध्यक्ष स्थानिय वासि लगायतकाे भव्य सहभािगता रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *