कालिकाेटमा पुल नबन्दा ड्रम माथि गाडि चढाएर कर्णालि नदि वारपार गरिदै

नमराज न्यौपाने कालिकोट जिल्लाको पलाता गाउँ पालिका वडा नम्बर ९ बेल्केढुङ्गामा फेरि बन्ने भएको छ । अब पलाँंता गाउँ पालिकामा ड्रम चडेर पलाँता प्रवेश गरेका गाडी फेरि चडेर फर्किने भएका छ्न । सनिबार एक इन्जिनियरको टोलिले सर्बे गरेको हो ।

पलाँता सरकार प्रमुख र ने.क.पा जिल्ला कमिटी सदस्य अध्यक्ष बमले प्रदेश सरकारसँग अनुरोध गरेपछि माननिय मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले दुई करोड पचास लाख फेरि संचालनका लागि पलाँता गाउँ पालीकालाई रकम पठाईदिएको छ । अबको तीन मैना भित्र फेरि संचालनमा ल्याएर पलाँता बासिलाई यातायताको पहुचमा जोड्न लागि परेको अध्यक्ष बमले जानकारी दिनुभएको छ ।

सर्बे कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छा, ९ का वडा अध्यक्ष टक्क बहादुर बम, ने.क.पा पार्टी ९ का अध्यक्ष लंक बहादुर बम, गाउँ पालिका प्राबिधिक काली बहादुर बम, बिनोद बम, इन्जिनियर दिपक पंगेनी, नेत्र शाही, नरेन्द्र शिंह धामी लगाएतको उपस्थितिमा सर्बे सम्पन्न भएको छ ।

पुल नबनेका कारणले अहिले पलातामा बन्ने फेरीबाट सवारी साधनहरू कर्णाली नदी वारपारमा समस्या देखिन्छ। फेरि बन्ना साथ पलातामा ढुवानी समस्या नहुने गरि पलाता सरकार लागि परेको देखिन्छ ।

कर्णाली नदीमा पुल बन्न नसक्दा अहिले कर्णाली बेल्केढुङ्गा देखि राडुनेटा, नाइबाडा सम्मको चट्टानी भागलाई खोल्न समस्या भएको अध्यक्ष बमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *