पलातामा भलिबल प्रतियोगिता अध्यक्ष बमद्वारा उदघाटन

कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर ९ थिर्पुमा भलिबल प्रतियोगिता सुरु गरिएको छ । पलाता ९ मा रहेको न्यु जेनेरेसन एण्ड डाइनमिक युवा क्लबको आयोजनामा भलिबल प्रतियोगिता संन्चालन सङ्गै ब्यानर उदघाटन भएको छ ।

उदघाटन कार्यक्रममा पलाँता गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छा, ९ का वडा अध्यक्ष टक्क बहादुर बम, उर्जा संयोजक जनराज बम, नेकपा जिल्ला सदस्य तुलशिंह बम, नेकपा पार्टी ९ का अध्यक्ष लंक बहादुर बम, रा प्र पा बिधाथी संगठन केन्द्रिय उपाध्यक्ष निराजन बम लगाएत राजनीतिक दल प्रमुख र प्रत्रकार लगाएतको उपस्थितमा कार्यक्रम सुरु गरिएको छ ।

ब्यानर उदघाटन सङ्गै आफ्नो मन्तव्य राख्दै गाउँ पालिका अध्यक्ष भन्नुहुन्छ । कार्यक्रम मानव संसाधनसँगै खेल क्षेत्रको जिम्मेवारी पनि स्थानीय तहको भएकाले प्रत्येक बस्ती र वडाबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ पुरुष भलिबल खेलाडी राष्ट्रको गहना भएको भन्दै उनीहरुको सम्मान गर्नुपर्ने बताउनुभयो ।

‘खेलाडी भनेका राष्ट्रका गहना हुन्’, अध्यक्ष बमले भन्नुभयो, ‘त्यसैले खेलाडी र खेल दुबैको सम्मान गर्नु पर्ने उहाको भनाई छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *