तिलागुफा नगरपालिकाकाे राँचुलिमा दलित वस्तिमा आग्लागि

  • कालिकाेट : कालिकाेट जिल्लाकाे तिलागुफा नगरपालिका – ४ राँचुलिकाे दलित वस्तिमा भिषण अागलागि भएकाे छ ।राँचुलिका चार घरमा अागलागि हुँदा 11 घरधुरि जलेर नष्ट भएकाे जिल्ला जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय कालिकाेटका प्रहरी नायव उपरीक्षक चन्दबहादुर शाहका अनुसार, विहान ६ वजेकाे समयमा स्थानिय एक घरमा चुलाेमा बालेकाे अागाेले, घरमा सल्किदा छिमेकि तीन घरमा अागाे सल्केर नष्ट भएकाे जानकारिमा अाएकाे छ । तीन घरमा १० परिवार वस्दै अाएकाे वुझिएकाे छ । उनले भने तीन घर जलेर नष्ट भएका छन, अागाेले गाेठमा रहेकाे एक गाई र बाछाे मरेकाे बताए । अागाे स्थानियले नियन्त्रणमा लिईसकेकाे र थप नियन्त्रण तथा अनुशन्धानकाे लागि जिल्ला बाट टाेलि गईसकेकाे छ । अागलागिबाट मानविय क्षति भने भएकाे छैन, भाैतिक क्षतिकाे बिवरण निकाल्न नसकिएकाे प्रहरीले प्रमुख शाहले बताए । पुराना काठै काठले बनाएका राँचुलिका घरहरू अागजनिकाे जाेखिममा छन । नगरपालिकाले, गत वर्षमात्र खरका छानामुक्त नगरपालिका बनाउने घाेषण गरेपनि अहिलेसम्म छानमुक्त हुन सकेकाे छैन । खरकाे छानामुक्त नगरपालिका गर्न तयारिमा रहेकाे नगरपालिकाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *