लैगिक हिंसा विरुद्धको अभियान सफल पार्न पत्रकार संग १ दिने अन्तरक्रिया कार्यक्रम

कालिकाेट जिल्लामा लैगिक हिंसा विरुद्धको अभियान सफल पार्न मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटले पत्रकार संग १ दिने अन्र्तक्रिया कार्यक्रम गरेको छ । संचारीका समुह कालिकोटकी अध्यक्ष पवित्रा कुमारी जैसीको अध्यक्ष्ता,गैरसकारी संस्था महासंघ एवं हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाको प्रमुख आथित्यता तथा पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेको विशेष आथित्यतामा कार्यक्रम भएको थियो । समाजमा हुने विभिन्न हिंसा ,विशेष गरी त महिला र वालवालिकामा माथि हुने हिंसा विरुद्ध सवैले लाग्नु पर्ने बेला आएको सहभागि पत्रकारहरुले बताएका छन् । लैगिंक हिंसा विरुद्ध कालिकोटका पत्रकारहरुले चालेको कदम ,पहल महत्वपुर्ण रहेको प्रमुख अतिथि समेत रहनु भएका विरेन्द्र बहादुर बुढाले बताउनु भयो । उहाँले भन्नुभयो लैगिक हिंसा विरुद्धको अभियानमा हातमा हात र काधमा काध जोडेर एक हुनु पर्नेछ ।कार्यक्रममा बोल्दै मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल कालिकोटका अध्यक्ष जजराज शाहीले समाजमा हुने साना तिना हिंसाले नै ठुलो प्रबृति लिने बताउनु भएको छ . सवै जना एक भएर यस्ता खाले हिंसा अन्त्य गरी हिंसामा परेका सवैलाई न्याय दिन सक्नु नै हामी सवैको कर्तव्य रहेको जजराज शाहीले बताउनु भएको छ । कार्यक्रममा संचारीका समुह कालिकोटकी अध्यक्ष पवित्रा जैसीले महिलामाथि हुने विभिन्न हिंसालाई अन्त्य गर्नका लागि सवै नारीहरु सक्षम हुन जरुरी रहेको बताउनु भएको छ । साथै उहाँले महिला माथि हुने विभिन्न दुरव्यवहार रोकथामका लागि सवैको ऐक्यवद्धताको आवश्यता रहेको बताउनु भएको छ । प्लान इन्टरनेशन नेपालको आर्थिक सहयोगमा अन्र्तक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमको संचालक दिलिप कुमार शाहीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *