कर्णाली प्रदेशकै नमुना बालविकास केन्द्र बनाउने उप-प्रमुख शाहिकाे भनाई

कालिकोट जिल्ला रास्काेट नगरपालिकामा कर्णाली प्रदेशकै नमुना बालविकास केन्द्र स्थापना गर्न थालिएको जनाएको छ । बालविकास केन्द्र स्थापनाका लागि आवश्यक पर्ने शिक्षा, स्वास्थ, पोषण, उत्प्रेरणा, संरक्षण, सुरक्षा प्रारम्भिक सिकाइ लगाएका टुल्सहरु स्थापितका लागि कार्यान्वयन थालिएको भन्दै यस्तो कुरा जनाएको हो । रास्कोट नगरपालिकाका ९ वटै वडाका वडा प्रतिनिधि, वडा सचिव लगायत नगरवासी बुद्धिजिवीहरुको सहभागितामा आयोजित एकिकृत प्रारम्भिक बालबिकासको योजना पुनरावलोकन तथा नव योजना तजुर्मा कार्यशाला गोष्ठीलाई सम्बोध गर्दै उपप्रमुख मिमसरा बमले रास्कोटमा कर्णालीकै प्रदेशकै नमुना बालविकास केन्द्र स्थापना गर्न थालिएको बताउनु भयो ।

“घर बलियो जगले राष्ट्र बलियो प्रारम्भिक बालविकासले” भन्ने मुल नाराका साथ आयोजित कार्यशाला गोष्ठीमा नगरपालिकालाई पूणर् बालअधिकार प्रत्याभूति गरि बालमैत्री नगरपालिका बनाउने कार्य भइरहेको नगरका नि प्रमुख प्रशासकीय अधिकृत प्रभुलाल न्यौपाने बताउनु भएको छ ।

यसका लागि सम्बन्धित अभिभावकले गर्भअबस्था देखि आठ बर्ष सम्मका बालबालिकाको लागि सर्वाङगिण बिकास गर्न अनिवार्य दायित्व पूरा गर्ने प्रशासकिय अधिकृत न्यौपानेले बताउनु भएको छ ।

कार्यशाला गोष्ठीको सहजिकरण गर्दै सेतो गुराँस बालविकास कालिकोटका संयोजक हुकुम शाहीले आर्थिक बर्ष २०७७।०७८ का लागि सबै वडामा लागु हुने गरी एकिकृत बालबिकास योजना निर्माण समेत गरिएको बताउनु भएको छ ।

कार्यशाला गोष्ठीमा रास्कोट नगरपालिकालाई एकीकृत प्रारम्भिक बालबिकासमा लगानी गरी आत्मा निर्भर सम्बृद्ध समाजको रुपमा चिनाउने गरी योजना कार्यान्वयन गर्ने नगरका सबै वडा प्रतिनिधिहरुले संयुक्त प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *