अध्यक्षको पहलमा हेलिकप्टर मार्फत गर्भवतीको उद्वार

कालिकोट जिल्लाको पलाता गाउँ पालिकामा शुक्रबार दिउँसो एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको ।
पलाता–७ पारौटि निवासी ४० वर्षीया जयपुरा बमको पाठेघरको मुख खुले पनि बच्चा जन्मिन नसकेको स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुख हिमाल संज्याल जानकारी दिए । बमको अवस्था जटिल बन्दै गएकाले उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको चिकित्सक बिनाेद न्याैपानेले भने । सुत्केरी हुन नसकेर अस्पतालमा छट्पटाइरहेकी बमको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेकाले तत्काल उद्धार गर्नुपर्ने देखिएकाले उनको उद्धार गरिएको हो ।

पाठेघरमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी सुर्खेत स्थित प्रदेश अस्पताल कालागाउ सुर्खेत ल्याइएको गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाती कान्छाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्यकर्मी किस्मता बम, कल बहादुर बम उमेश लगाएतले आफू लाई गाह्रो अवस्था भयको सुनाए पछि कर्णाली प्रदेश सरकारको प्रदेश सरकारको विशेष सहयोगमा रास्ट्रपति महिला उथान कार्यक्रम अंन्त्रगतको हेलिकप्टर द्वारा गर्भवतीलाई हेलिकप्टरमार्फत सुर्खेत ल्याइए सङ्गै आफू निरन्तर उपचारमा रहेको बताउनु भयो ।

गाउँपालिकाको आग्रह सहर्ष स्विकार्नु हुने मा.मुख्यमन्त्री महेन्द्र बहादुर शाही, प्रमुख स्वकीय सचिब खेम बहादुर शिंह भिजन, स्वकीय सचिब सुमन शाही लाई धन्यवाद दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *