नेपाली युवाहरुका लागि स्वस्थ रुपान्तरण परियाेजनाकाे निरन्तरताका लागि नगर तयारि

कालिकाेट खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसिप्रसाद पाण्डेले नेपाली युवाहरुका लागि स्वस्थ रुपान्तरण परियाेजनाकाे निरन्तरताका लागि नगर तयार रहेकाेले परियाेजनाले प्राप्त गरेका  उपलब्धिकाे रक्षा गर्न सम्वन्धित शाखा र स्वयम् ब्यक्तिले पनि ध्यान दिनु पर्ने बताए । नगरले चाहे जस्ताे परियाेजना रहेकाे र परियाेजनाले उत्पादन गरेकाे जनशक्तिलाई बेराेजगार नराख्ने नगर प्रमुख पाण्डेकाे भनाइ छ ।

नेपाली युवाहरुका लागि स्वस्थ रुपान्तरण परियाेजना ले आफुले एक बर्षमा गरेका सम्पुर्ण गतिबिधिकाे बार्षिक समिक्षा गरेकाे छ । खाँडाचक्र नगरपालिका अन्तरगत कार्यपालिका सदस्यहरुकाे उपस्तिथिमा बार्षिक समिक्षा गरेकाे हाे । नेपाली युवाहरुका लागि स्वस्थ रुपान्तरण परियाेजना सेभ द चिल्ड्रेन र किर्डाक नेपाल द्वारा सञ्चालित कार्यक्रम स्वस्थ रुपान्तरण परियाेजना हाे ।

याे कार्यक्रम बिगत ३ बर्ष देखि जिल्लाकाे खाँडाचक्र नगरपालिका, राष्काेट नगरपालिका र नरहरिनाथ गाउपालिकामा सञ्चालित छ । १५ बर्ष देखि २४ बर्ष मुनिका युवा युवतीहरुकाे शारिरिक, मानसिक तथा सामाजिक बिकास र रुपान्तरणका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेकाे परियाेजना अधिकृत अमर शार्किले बताए ।

कार्यक्रममा सहभागि खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले यस कार्यक्रमले नगरपालिकाका युवा युवतिहरुलाई केन्द्रित गरि क्षमता अभिबृधि तालिम प्रशिक्षण तथा अन्य गतिबिधि सञ्चालन गरिनु ले समुदायमा सचेतना फैलिदै गएकाे बताए । नगर प्रवक्ता पुष्पराज गिरिले कार्यक्रमकाे प्रभाबकारिता सकरात्मक रहेकाे बताउदै नगरकाे ११ नम्बर वडा छुटेकाले आगामि दिनमा समेट्न समेत अनुराेध गरे ।

किशाेरिहरुकाे स्वास्थ्यलाई मध्यनजर गरेकाे परियाेजनाले बालविबहा, बहुबिबाहा, महिलाहिंसा, घरेलुहिंसा,गर्भाअबश्था लगाएका बिषयमा केन्द्रित रहेकाले सम्वन्धित सराेकारवालाहरुले पनि ध्यान दिनु पर्ने पत्रकार महाँसंघ कालिकाेटका अध्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *