पुरानाे तानासाहा शैलिमा शासन गर्ने र व्यवस्था चलाउने एकतन्त्रिय सोचले देश गम्भीर मोड लिन सक्ने अध्यक्ष शाहि

कालिकोट जिल्लाको सान्नी त्रिबेणी गाँउपालिका अध्यक्ष डम्वर बहादुर शाहीले संघिय लोकतान्त्रिक गणतन्त्र र नया नेपालको परिकल्पना पार्टि भित्रको एकता र बिवादले देशले गम्भीर मोड लिन सक्ने भन्दै आपति जनाउनु भएको छ । बिगत लामो समय सशस्त्र दन्दको चपेटामा हजारौ दुख र कस्टहरु पार गरि न्यायका लागि जिबनको बाजि र रगतको सौदा गरेर देशको मुहार परिवर्तन गरेको इतिहास सेलाएको छैन,पुरानाे तानासाहा सैलिमा शासन गर्ने र व्यवस्था चलाउने एकतन्त्रिय सोचले देश भयानक अबस्था पुग्ने बताउनु भयो ।

राज्यको प्रमुख निकायवाट नै देखावटि र शब्दले मात्रै नेपालिलाइ एउटै फुलको मालामा सजाउने तर व्यबहारले पार्टि भित्रका जिम्मेवार ब्याक्तित्व लाईनै तिरस्कार गर्दै आफ्नो एकलौटि निर्णय गर्नु सरकार र सरकारि उच्च निकायको ठुलो गल्ति र गैरजिम्मेवार काम भएको अध्यक्ष शाहिले बताउनु भएकको छ । जिद्दीपुर्ण स्वाभाव र मनोमानि अडानले देशमा शान्ति र जनतालाइ सुखको प्रत्याभुति दिलाउन नसकिने उनको भनाइ रहेको छ ।

अध्यक्ष शाहीले भन्नु भयो, एउटा पाइलटले हजारौ यात्रु सहित बिमान अबतरण गर्छ र यात्रुहरु जहाजलाइ भन्दा पाइलट प्रतिको बिस्वासले यात्रा गरिरहेका हुन्छन, तेस्तै देश चलाउने चालकले तिन करोड नेपालिको भबिस्यमाथि खेलवाड हैन एकता र सहकार्यले मात्रै गन्तव्यमा पुग्न सकिने भएकाले जनताले बिश्वास गरेका चालकको बैमानिता र घमण्डले राष्टिय अखण्डता टुक्रिनुका साथै बैदेशिक हस्तक्षेप र गुलाम चार हुनेमा दुइमत नभएको र यदि समयमै सम्यमता नअपनाय आजसम्मको सबै उपलब्धि गुक्ने र तेसको लागि नेतृत्वनै मुख्य जिम्मेवार हुनुपर्ने बताउनु भएको छ ।तिला न्युज बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *