रास्काेट नगरपालिका वडा न : ६ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण

कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिका वडा न : ६ मा अाधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण भएकाे छ । स्थानिय तहका प्रयेक वडाहरूमा अाधारभुत स्वास्थ सेवाकेन्द्र हुनुपर्ने ब्यवस्था अनुसार, रास्काेट नगरपालिका वडा नः 6 बडालामा भवन निर्माण सम्पन्न गरि अाज एक कार्यक्रमका बिच निर्माण सेवाले वडा पालिकालाई हस्तान्तरण गरेकाे छ । भवन निर्माणकाे जिम्मा पाएकाे राेनि निर्माण सेवाले भवन निर्माण सम्पन्न गरिसकेपछि वडा पालिकाले वुझेकाे छ ।
रास्काेट नगरपालिका नगर उप प्रमुख मिमसरा वमले, सवैभन्दा पहिले स्वास्थ्य सेवा केन्द्र निर्माण सम्पन्न गने निर्माण सेवालाई धन्यवाद दिदै, अब अाधारभुत स्वास्थ्य सेवा नियमित दिनु पर्ने बताई । राज्यले हरेक स्थानिय तहका वडापालिकामा अाधारभुत सेवा दिनका लागि सेवा कार्यालय स्थापना गरेकाे छ । अब काेहि कसै नागरिकले अाैषधि उपचार नपाएर मर्ने दिनकाे अन्य भएकाे बताईन । यस्तै वडा नं ६ का वडा अध्यक्ष तथा नगरपालिका सरकारका प्रवक्ता टक्कबहादुर फर्सालले,उपचार नपाएर मर्ने दिन गएकाे बताए । उनले भने, अाजै बाट नंया भवनबाट सेवा दिन सुरू गरिसकेका छाैँ ।सेवा निरन्तर रहने प्रतिबद्धता गर्दै, नियमित,पार्दशि र बिरामिका सेवामा समर्पित भएर स्वास्थ्य सेवा दिने बताए । भवन हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि ,राजनितिकदल, स्वास्थ्यकर्मी लगायतकाे सहभागिता रहेकाे थियाे ।अनलाई न्युज खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *