पचालझरना गाउँपालिका सबै विद्यालयमा पठनपाठन सुरु

नमराज न्यौपाने
कालिकोट जिल्लाको पचालझरना गाउँ पालिका सबै विद्यालयमा हिउदे पठनपाठन सुरु भएको छ ।विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड- १९ का कारण विद्यालय बन्द हुँदा पचालझरना गाउँपालिका भित्रका सम्पूर्ण विद्यार्थीहरूको पठनपाठन लथालिङ्ग भएको थियाे ।

अहिलेसम्म गाउपालिकामा संक्रमितको संख्या शून्य हुँदा पचालझरना गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णय अनुसार पालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरू खुला गरिएकाे हाे । गाउँपालिकाका अध्यक्ष खड्क राज सेजुवालका अनुसार  कोरोना कहरमा कालिकोटका स्थानीय तहका अरु विद्यालय बन्द छन भने पचालझरनामा पठनपाठन सुचारु भएको हो । सरोकारवालासँग छलफल गरि विद्यालय खोल्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सेजुवालले बताए ।

कोरोनाको त्रासले पढाइ लथालिङ भएको छ, त्यसैले विद्यालय खोल्ने निर्णय गरिएको हो, अब कोरोनाका सुरक्षा विधि अपनाएर विद्यालय खोलिनेछ । अन्य पालिकाबाट पालिका भित्रका बिद्यालयमा अध्यायन गर्न आउने बिधार्थिहरुको पिसिआर परिक्षण गरिने र अन्य विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा सावाधानि अपनाएर पठनपाठन सुरु गरिएको ज्ञानोदया माविका प्राध्यापक ममराज सेजुवालले बताए । पचालझरना राम्नाकोटमा रहेको ज्ञानोदया मा.बि उक्त विद्यालयमा अन्य पालिका बाट पनि विद्यार्थीहरु अध्ययन गर्न आउने गर्दछन् ।

विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाएर सेनिटाइजर, साबुन र मास्कको प्रयोग गर्नुका साथै आवश्यकता अनुसार विद्यार्थी र शिक्षकको पीसीआर परीक्षण गरी पठनपाठन सुरु गर्ने गाउँ पालिका अध्यक्ष सेजुवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *