पार्टी र सरकार अध्यक्षको टोलि महराको श्रद्धाञ्जली सभामा दाङ 

संघीय संसद, प्रतिनिधि सभाका पूर्वसभामुख, प्रतिनिधि सभा सदस्य माननीय कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोनाका कारण मृत्यु भयपछी असामयिक निधनप्रति दुःख व्यक्त सङ्गै श्रद्धाञ्जली अर्पण गरेका छन् पलाँता गाउँ पालिका अध्यक्ष होनहार नेकपा का युवा नेता लक्ष्मण बहादुर बम पलाँती कान्छा, पार्टी जिल्ला सचिवालय सदस्य तथा समन्वय सदस्य अनन्त बि क राजेश ,पलाँता गापाकि उपाध्यक्ष दाना न्यौपाने, बडा अध्यक्ष ऐनराज महतारा, वडा अध्यक्ष रुप बहादुर रोकाया, राष्कोट नगर पार्टी अध्यक्ष धर्मराज शाहि पोषण ,युवा नेता सुमन शाहि , पत्रकार बिबस कुमार सेजुवाल , देबिराम देबकोटा , प्रेम पाण्डे, पलाँता पार्टी ९ का अध्यक्ष लंक ब बम , युवा नेता वीर ब बम , धुर्ब सिंह लगाएतको टिम आज घोराही दाङमा पुगेको छ ।कोरोना संक्रमणपछि काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएकी सीता महराप्रति उहाले माल्यार्पण गर्दै श्रद्धान्जली बेक्त गर्नु भयको हो। स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी पाएको र उहाँको दुःखद निधनले स्तब्ध बनाएको छ ।

उहाँले दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै। कृष्णबहादुर महरा, दुई छोरा, दुई छोरी लगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *