पचालझरनामा अनेरास्ववियूकाे शुभकाना आदानप्रदान कार्यक्रम सम्पन्न

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन कालिकाेटकाे निर्देशनमा पचालझरना गाउपालिकाकाे जारकाेटमा शुभदिपावली तथा छटपर्ब २०७७ काे पावन अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयकाे छ ।
कार्यक्रमकाे अध्यक्षता अनेरास्ववियू कालिकाेटका जिल्ला कमिटी सदस्य दलबिर सार्कीले गर्नुभयकाे थियाे भने कार्यक्रम संचालन जिल्लाकमिटी सदस्य दिपक शाहीले गर्नु भयकाे थियाे कार्यक्रमकाे प्रमुख अतिथी नेकपा कालीकाेटका प्रस्ताबित कार्यलय सदस्य तथा पचालझरना गाउपालीका अध्यक्ष खड्गराज सेजुवाल हुनुहुन्थ्याे भने कार्यक्रमकाे विशेष अतिथिमा नेकपा कालिकाेटका सचिवालय सदस्य तथा पचालझरना गाउकमिटी सचिब मर्मजंग बम हुनुहुन्थ्याे । कार्यक्रममा अखिल क्रान्तिकारी का पुर्ब केन्द्रीय सदस्य तथा नेकपा जिल्ला कमिटी सदस्य प्रभानन्द अाचार्य,पुर्बअखिल क्रान्तिकारी का केन्द्रीय सदस्य रत्न बिक, पुर्ब अनेरास्ववियूका जिल्ला अध्यक्ष भुपेन्द्र संज्याल, अनेरास्ववियू कालिकाेटका संयाेजक मनसिंह शाही, अनेरास्ववियू कालिकाेटका सचिवालय सदस्य अमित शाही,यज्ञराज शाही, धर्म बहादुर शाही र मिनराज न्याेपाने लगायतकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रममा बाल्दै अनेरास्ववियूका जिल्ला संयाेजक मनसिंह शाहीले अब पचालझरनामा जनप्रतिनिधी र कर्मचारीका छाेरा छाेरीलाई सरकारी बिद्यालय मा पढाउनु पर्ने र सरकारी बिद्यालयमा अँग्रजि माध्यामबाट कक्षा सन्चालन गर्न पर्नेमा जाेडदीदै अाग्रह समेत गर्नु भयाे । संयाेजक शाहीले हातखुट्टा बाधेर यूद्व मैदानमा पठायकाे यूद्व यात्रिले जित हासिल गर्न नसक्ने भयकाे हुदा उचित तालीम र अावस्यक हात हतियार सहित पठाउनु पर्ने उदाहरण दिदै पार्टीले अहिले संगठनकाे हात खुट्टा बाधेकाे हुदा त्याे खाेल्न र संगठनलाई स्वतन्त्र रुपमा कामगर्न दिने वातावरण श्रिजना गरणन पार्टीलाई अाग्रह गर्नुभयाे ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउपालीका अध्यक्ष खड्गराज सेजुवालले बिद्यार्थी संगठन कसैकाे टाकघाेडा नभयकाेले स्वतन्त्र रुपमा काम गर्न अनुराेध गर्नु भयाे । दाैडीने हरुले अरु सबैलाई स्थिर देख्ने गर्द छन । उहाले थप्नु भयाे देशैभरी बिध्यालय काेराेना महामारीकाे कारण नखुले पनि पचालझरनामा यही मंसिर ३ गते देखि प्रतेयक बिद्यलयमा सेनिटाईजर र प्रत्यक बिद्यार्थी हरुलाई मास्ककाे ब्यबस्था गरि संचालनमा ल्याउने त्यसमा अनेरास्ववियूले पनि सकरात्मक भुमिका खेल्नुपर्ने मा जाेड दिनेभयाे । अध्यक्ष सेजुवालले अहिले पार्टी विषम परिस्थितिमा रहेकाले अब २/४ दिनमै वारपारकाे अबस्था श्रिजना हुने भयकाेले केन्द्रमा पार्टी फुटाउन अमेरिकन र भारती प्रतिक्रृया बादीहरु लागिपरेकाे हुदा नेतृत्वले बिषयमा गहिराे अध्यायन गर्नुपर्नेमा ध्यानाकर्शण गर्नुभयाे । कथन कारण बस केन्द्रमा पार्टी फुटेपनि अबसरबादी हरु एक ठाउमा र प्रगतिशिल हरु एक ठाउमा हुने भयकाेले पचालझरनामा पार्टी फुट्न नदिन अाफु लागि पर्ने मा बिश्वास दिलाउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *