खाध्यकाे अधिकार सम्वन्धि सराेकारवालासगं अन्तरक्रिया कार्यक्रम  सम्पन्न

ईन्सेक कालिकाेटकाे आयाेजनामा खाँडाचक्र नगरपालिकाे वडा नम्बर १ काे सभाहलमा शाे कार्यक्रम सम्पन्न भएको हाे । मानब अधिकार समुह खाँडाचक्र नगरपालिका कि कार्यबाहक अध्यक्ष सबिना बिश्वकर्माकाे अध्यक्षता,  खाडाचत्र नगरपालिका नगर प्रमुख जसिप्रसाद पाण्डेकाे प्रमुख अतिथ्यता रहेकाे कार्यक्रममा, नगर प्रवक्त्ता पुष्पराज गिरि, वडाअध्यक्ष बिर्खसिंह बिश्वकर्मा, गणेश शाहि, धनसिंह बिक, पशु अस्पतालका प्रमुख लक्ष्मि प्रसाद अधिकार, खाध्य ब्यबश्था तथा व्यापार कम्पनि रामशरण लामिछाने, रेडियाे प्रदेश आवाजका अध्यक्ष रत्न कार्कि, स्वास्थ्य शाखा मानमका प्रमुख रबिन्द्र सेजुवाल, साहास नेपालका परियाेजना अधिकृत कुम्मर परियार किर्डाक नेपालका जिल्ला संयाेजक तुलाराम पाण्डे, ईन्सेक प्रतिनिधि कालिबहादुर मल्ल लगायतको सहभागीतामा रहेकाे थियाे ।

कार्यक्रममा पशु अस्पतालका प्रमुख लक्ष्मि प्रसाद अधिकारिले आयतित खाध्यसामाग्रि खायर दिन बिताईरहेका हामी जिल्लाबासिले स्थानिय तहकाे सहयाेगमा हाेस या आत्मनिर्भर भयर हुन्छ खाध्यसामाग्रि निर्यात गर्न सक्नु पर्ने बताए । अधिकारिले चामल भारतकाे खाने, लुगा चिनका लाउने आफुले उत्पादन गर्न नसक्नेले बस्ने अधिकार नभएकाे बताए ।

जिल्लामा उत्पादन गरिएकाे खाध्य तथा अन्य तरकारि लगायतका सामाग्रिले मूल्य नपाईने,उपभाेक्ताहरु सँधै मारमा पर्ने बिचका बिचाैलियाहरुले ठगि गरेकाले अबका दिन देखि नियन्त्रण गर्ने र सदरमुकाम मान्ममा कुनै पनि ब्यबसाय दर्ता नगरि ब्यबसाय गर्नेलाई कार्बाहि गर्ने नगर प्रमुख जसि प्रसाद पाण्डेले बताए  ।

जिल्ला तथा गाउमा रहेका मासु पसल, खाध्य तथा खुद्रा र अन्य ब्यबसायकाे अनुगमन गर्नु पर्ने बताईएकाे छ । कृषिलाई सामान्य रुपमा लिने भन्दा पनि सँस्कृतिकाे रुपमा जानू पर्ने कार्यक्रममा सराेकारवालाहरुकाे निष्कर्ष रहेकाे थियाे ।ई कर्णालि बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *