अनेरास्ववियू कालिकोटको निर्देशनमा शुभकामना आदान प्रदान कार्यक्रम रास्कोटमा सम्पन्न

अखिल नेपाल राष्ट्रीय स्वतन्त्र बिद्यार्थी यूनियन कालिकोटको निर्देशनमा जिल्लाको राष्कोट नगरपालीका मा शुभ दिपावली तथा छटपर्ब २०७७ को पावन अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयको छ ।कार्यक्रमको सभा अध्यक्ष संगठनका जिल्लाकमिटी सदस्य निर्मल शाही ले गर्नु भयको थियो भने कार्यक्रम को प्रमुख अतिथि नेकपा कालिकोटका जिल्ला कमिटी सचिवालय सदस्य बिश्वराज बम हुनुहुन्छ ।

उक्त कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिवालय सदस्य तथा पाटी राष्कोट नगर किटीटी सिचब दयाराम सिम्खाडा, नकपा कालिकोटका सदस्य नरेश शाही, तपेन्द्र शाही, डबल बोगटी, अग्र बोगटी, अनेरास्ववियू जिल्ला संयोजक मनसिंह शाही, राष्ट्रिय यूवासंघ नेपालका केन्द्रीय सदस्य अनिल बोगटी, अनेरास्ववियू जिल्ला सचिवालय सदस्य अमित शाही लागायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयको थियो ।
उक्त कार्यक्रममा बोल्दै अतिथी नरेश शाहीले पार्टी कानमा तल हालेर सुतेको बेला अनेरास्ववियूले ब्यूजाएको छ ।

अब संगठन कुनैपनि अममलमा नपर्न आग्रह समेत उहाले गर्नु भयो । थप्दै उहाले भन्नू भयो पार्टी प्रभेट लिमेटेट भैसक्यो बिधि र बिधानमा चल्नकोलागी यूवा बिध्यार्थी हरु लाग्न पर्नेमा उहाले जोड दिनु भयो । उक्त कार्यक्रममा बोल्दै पार्टी जिल्ला सचिवालय सदस्य दयाराम सिमखाडाले संगठन निर्माणमा आफुहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि बिश्वराज बमले देशको हरेक कालखण्डमा भयको परिबर्तनमा अनेरास्ववियूको महत्वपुर्ण भुमिका रहेको र अब पनि पार्टी बचाउनकोलागी फेरि एकपटक अनेरास्ववियू ले आफ्नो क्षमता प्रदर्शन गर्नु पर्नेमा उहाले जोड दिनु भयो । उहाले थप्नु भयो अहिले २र४ जना साथिहरुले पार्टी मनपरी तरिकाले चलायको र पार्टी खाल्डोमा हाल्न खोजेको आरोप लगाउदै अक पार्टी र संगठन बचाउनकोलागी आफु लागि पर्नेमा जोड दिनु भयो । उहाले भन्नुभयो पार्टी जुट्ने र फुट्ने प्रकियो नौलो हैन तर अहिलेको समय पार्टी फुट्ने समय नभयकाले पार्टी कुनैपनि हालतमा नफुट्ने कुरामा बिश्वास दिलाउनुभयो ।

नेपालमा जे जति परिबर्तन भयो त्यसको नेतृत्व अनेरास्ववियू ले गरेको र सरकारलाई कार्यन्वयन गर्न बाध्य बनायको अनेरास्ववियूले अहिले आयर सरकारले जति गलत गरेपनि चुईक्क नबोलेको देख्दा मलाई अचम्म लाग्छ । पाटी फुटको सपना देखेका हरुको सपना सपनामै सिमित रहनेहो नेकपाको सरकारले संबिधानमै उल्लेख गरेको समाजबाद उन्मुख राष्ट फुटेर सम्भब छैन । केन्द्र पाटी सम्बेदनशिल अबस्थामा पुगेको बेला अनेरास्ववियूले यस्ता कार्यक्रम को आयोजना गरेर पाटी एकतालाई मझबुत बनाउन सन्देश दियको हुदा संगठनलाई आभार प्रकट गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *