स्वास्थ्य र शिक्षाको सम्पूर्ण जिम्मा सरकारले लिनुर्पछ अध्यक्ष बम

केन्द्र सरकारले कोरोनाका बिरामीलाई आफै उपचार गर्न निर्देशन दिएपछि यसको चौतर्फी बिरोध भएको छ। उक्त सरकारी कदमलाई इङ्गित गर्दै अध्यक्ष बमले सामाजिक संजाल फेशबुक मार्फत स्वास्थ र शिक्षा नि: शुल्क गर्न नसक्ने हो भने सत्तामा बसिरहनुको कुनै अर्थ नरहने बताएका हुन्।

जनताको असहता र दु:खमा साथ नदिने हो भने सरकार के का लागि भन्दै प्रश्न उठ्ने बमको भनाई छ।

देशमा परिबर्तन का लागि जति लडाइँ भए त्यस्को सबैभन्दा पीडा श्रमजीवी सर्बाहारा बर्गलेनै भोगेको छ । ज्यान गुमाउने देखि लिएर अङ्गभङ्ग हुने गरिब दुखिनै छन तर बिडम्बना नै भन्नुपर्छ त्यस्बाट अाएको ब्यबस्था परिचालक बिचौलिया बर्गकै हातमा पर्यो किनकि मध्यम बर्ग नेतृत्वमा भएको र लड्ने र अङ्गभङ्ग हुनेको हरेक हिसाबमा पहुँज नपुगेरै यो देखिन्छ तर अयोग्य लाई योग्य बानाउने प्रयास कहिल्यै गरिएन बरु लड्ने र पसिना बगाउनेलाई त्यहि स्थानमा राखेर आन्दोलनको साधन मात्र बनाउने गरेको भेटिन्छ र देखिन्छ ।

यो बर्गलाई नेतृत्व नदिएपनि नेतृत्वमा पुगेको ले आधार सम्झेर आधारभुत आबस्यकतामा ध्यान जान जरुरि छ । फेरि नेपालमा कम्युनिस्टको बहुमतको स्थाई सरकार र यो सरकार १० बर्षिय माहान जनयुद्ध र १९ दिने जनआन्दोलनको उपच भएको ले जनयुद्ध र जनआन्दोलनको भाब ,मर्म र गति कायम गर्नै पर्छ ।

यस्मा सबैको सपना र हामिले सुगा रटाइ गर्ने आमुल परिवर्तनको एजेन्डा पनि जोडिएको छ । बिकाश का लागि पहिलो आधार स्वास्थ्य र शिक्षा भएको र यस्को हालको पहुज हुनेखानेकै वरिपरि रहेको ले कम्युनिस्ट सरकारको अनुभुती दिलाउने हो भने नागरिकलाई यस्को अप्रेसन गर्नै पर्ने हुन्छ भनेर सामाजिक संजालमा माग राख्नु भएको छ । फेरि बिदेश पढाउने एक दर्जन हुनेखानेका छोरालाई स्कलरसिपमा लगानि गर्ने पैसाले गाउँमा हजारौ गरिबका छोराछोरी पढाउन सकिन्छ ।एक जना मन्त्री लाई बिदेशमा गरेको उपचारको पैसाले एक अन्चलमा ब्यस्थित अस्पताल स्थापना गर्न सकिन्छ ।

नागरिक र भि आ पि लाई लाग्ने रोग एउटै हो यो कुरामा सबैले गहिराइमा गएर लाग्नै पर्छ । र सम्पूर्ण नागरिकको स्वास्थ्य र शिक्षा निसुल्क हुनै पर्छ यो बाट हात झिक्ने हैन नयाँ र ब्यबस्थित रणनिति भएर सरकार लाग्नै पर्छ माथिल्लो सरकारलाई म अनुरोध गर्दछु भनेर भन्नू भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *