नरहरिनाथमा एक घर, एक धारा कार्यक्रम

कालिकोट जिल्ला नरहरीनाथ गाउपालीकामा एक घर एक धारा हाम्रो सान, स्वच्छ वातावरण नरहरिनाथ गाउँपालिकाको पहिचान भन्ने मुल नाराका साथ गापाको वडा नं।९ स्थित रानीरहडा खानेपानी तथा सरसफाइ आयोजनाको समुद्घाटन समारोह सम्पन्न भएको छ ।नरहरिनाथ गाउँपालिकाको आयोजना र एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम (I-WARMP) हेल्भेटास स्वीस इन्टरको अपरेसन नेपालको आर्थिक सहयोगमा गापा अध्यक्ष धीर बहादुर बिष्ट, उपाध्यक्ष मनशोभा बुढा, वडा नं। ८ का वडा अध्य लोक बहादुर बिष्ट लगायतका जनप्रतिनिधिहरुको सहभागितामा गाउँपालिकाका अध्यक्ष बिष्टले एक औपचारिक कार्यक्रमका बिच लालुमा सञ्चालित बृहत् खानेपानीको समुट्घाटन गरिएको जनाईएको छ ।

हुरेन्डेक नेपालका कार्यबाहक अध्यक्ष बिरेन्द्र बुढा, हेल्भेटासका सामाजिक बिकास अधिकृत निलकण्ठ पाण्डे, ईन्जिनियर नरजंग शाही र स्थानीय बासिहरुको सहभागितामा रानीरहडा खानेपानीकाो औपचारिक रुपमा सुरुवात गरिएको हुरुन्डेकका सामाजिक सहजकर्ता गणेश बिष्टले जानकारी दिए ।हेल्भेटास नेपालको आर्थिक तथा हुरूण्डेक नेपालको प्राविधिक सहयोगमा २ करोड ५५ लाख १२ हजार ७ सय ९७ रूपैयाँ लागतमा उक्त खानेपानी आयोजना सम्पन्न भएको अध्यक्ष बिष्टको भनाई छ।


आयोजनामा हेल्भेटासको १ करोड, नरहरिनाथ गाउँपालिकाको १ करोड लगानि र बाँकी स्थानीयको श्रमदान रहेकोछ। वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका लालु गाउँका स्थानीयवासी उक्त आयोजनाबाट प्रत्यक्ष लाभान्वित बनेका छन्। सम्पन्न भएको आयोजनाले ३८२ धाराहरू सञ्चालनमा ल्याएको छ। बाँकी २५० घरधुरीमा धाराहरू जडानका लागि सर्वेक्षण कार्य बाकी छ।
२०७६ मंसीर १ गतेबाट आयोजना निर्माणका लागि गापाको वडा नम्बर ९ मा बैठक सम्पन्न भएको र मङ्सिर ५ देखी आयोजनाको निर्माण कार्य सुरु गरिएको थियो। यस्तै गाउँपालिकाको वडा नं ३ का कुमालगाऊँ टोलका ४५ घरधुरीमा यस अघि नैै खानेपानी सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *