कर्णाली प्रदेश राजधानी र मुख्यमन्त्रीको गृह जिल्लामा अबिश्वास प्रस्ताव बिरुद्ध प्रर्दशनको तयारी

कालीकोट असोज २६ गते कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही बिरुद्ध सत्तारुढ दलकै १८ जना संसदहरुले आइतवार संसदीय दलमा दलबिदान अनुसार अबिश्वास प्रस्ताव दर्ता गरे लगतै नेकपा भित्र खैलाबैला सुरु भएको छ । अबिस्वास प्रस्ताव सरकार बिरुद्ध नभएर संसदीय दलको नेता बिरुद्ध संसदीइ दलको बैठकमा छलफलका लागी भएको र अहीलेका समस्या छलफलका लागी बिषय बस्तु उठाउन खोजेको संसदहरुले बताइरहेका बेला सामाजिक संन्जालदेखि पार्टी भित्र र बाहीर यो बिषय बिभिन्न कोणबाट बिषयाअन्तर हुन थालेको छ ।

मुख्यमन्त्रीको गृह जिल्ला र प्रदेश राजधानीमा मुख्यमन्त्री समर्थकहरुले आज दिउसो बिभिन्न समयमा सान्तिपुर्ण दवाव र्याली निकाल्ने भएका छन गृह जिल्ला कालीकोटका बिभिन्न स्थानीय तहर सदरमुकाम मान्ममा मुख्यमन्त्रीका सर्मथकहरुले कर्णाली बासिको चाहाना, स्थीर सरकार, बिकास र सम्बृद्धिको कामना भन्ने नारा तय गरी प्रर्दशन गर्ने भएका हुन ।

सुर्खेतमा नेकपा भित्रैकै बिद्यार्थी संगठनका केही नेताहरुले नृतृत्व गर्ने छन भने कालीकोटमा बिभिन्न भातृ संगठन र मुख्यमन्त्री सर्मथकहरुले सरकार बचाउन प्रर्दशन गर्ने तयारी गरि रहेको बुझीएको छ । कालीकोटको रास्कोटमा पनि प्रर्दशन गर्ने तयारी गरिएको ध्वज बहादुर शाहीले बताउनु भयो । दिउसो १ बजे नगरको मुख्यालय आरसिपी बजारमा प्रर्दशन गरिने भएको हो ।

यता सदरमुकाम मान्ममा पनि प्रर्दशन गरिने जनाइएको छ । पार्टी एकताको जग बसाल्ने गरी भएको संघ प्रदेशको निर्वाचनमा प्रत्यक्ष र समानुपातीक गरी ४० प्रदेश निर्वाचन क्षेत्र रहेको कार्णालीमा ३३ जना सांसद नेकपाका छन त्यसमध्य १८ जनाले हस्तक्षर गरी संसदीय दलका सचेतक गुलावजंग शाहालाइ बुझाएका छन । आफ्नै पार्टीबाट निर्वाचित एक नेतृत्वको सरकार ढालेर अर्को निर्माण हुन नसकने भन्दै हस्ताक्षर गर्ने सांसदहरुको चोैतर्फी बिरोध हुन थालेको छ ।

सामाजीक संन्जालमा मुख्य गरी बिरोध त पुर्ववर्ती पार्टी हिसावले तत्कालीन नेकपा माओवादीका संसद ,उपसभामुख पुष्पा घर्ती बिस्ट लगाएत तिन जनाको कडा आलोचना हुन थालेको छ । मुख्य मन्त्री शाहीले पनि आन्तरिक छलफल सुरु गरेको बुझीएको छ । छलफल पछी प्रस्तावमा हस्ताक्षर गर्ने केही संसदहरुले फिर्ता लिन सक्ने श्रोतको दाबि छ । www.radiopradeshaawaj.org.npबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *