सामुदायिक सेवा केन्द्र भवनको सिलान्यास गर्दै अध्यक्ष बम ।

कमल कुमाल

कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर ९ थिर्पुमा सामुदायिक सेवा केन्द्रको भवनको सिलान्यास गरिएको छ । सिलान्यास कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम ९ का वडा अध्यक्ष टक्क बहादुर बम हुरन्डेक नेपाल परियोजना संयोजक नरेन्द्र शाही, इन्जिनियर आकाश परिवार, पत्रकार लगाएत ९ निवासी समुदाय लगाएतको उपस्थितिमा सिलानेश कार्यक्रम सम्पन्न गरिएको छ । उक्त भवनको लगानी एक करोड पचास लाखमा पक्कि भबन सिलान्यास  गरिएको छ भने

दुई तले पक्की भवन ४ महिनामा निर्माण गरिसक्ने लक्ष्यका साथ लागि परेको बताए । गाउँ पालिका अध्यक्ष बमका अनुसार गाउँ पालिका बाट हुने सयोग समर्थनको लागि पलाँता सरकार लागि पर्ने बताउनु भयो ।

बिकास निर्माणमा ६० जना कामदार पलाँता निवासी लाई लगाउने र ज्याला पलाँता गाउँ पालिकामा रहेको नबिल बैक मार्फत गर्ने सुरक्षा सामाग्री हेल्मेट, जाकेट, बुटको ब्यबस्था गरेको नरेन्द्र शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *