समन्वय समिति प्रमुख अनिपाल शाहिले स्टेचर लाैजान आग्रह गरे गाउपालिकालाई

कालिकोट जिल्लाको नरहिनाथ गाउँपालिकाको शुक्रवार विभिन्न संचार माध्यममा स्टेचर नभएको समाचारले गर्दा आफ्नो ध्यानआकर्षण भएको जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले बताएका छन् । उनले अहिलेको २१ औं शताब्दीमा पनि गाउँपालिकामा स्टेचर नहुनु लाजमर्दाे कुरा भएको बताए । विहिवार नरहरिनाथ गाउँपालिका वडा नं ४ कि मंगला सहकारीलाई स्वास्थ्य चौकी लैजानका लागि काठ प्रयोग गरि स्थानीयले बोकेको तस्बिर सामाजिक संजालमा आएपछि जिल्ला समन्वय समितिको ध्यानआकर्षण भएको प्रमुख शाहीले बताएका हुन् । वडा र स्वास्थ्य संस्थामा स्टेचर समेत नहुदा विरामीलाई उपचार गर्नका लागि स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएको छ । प्रमुख शाहीले गाउँपालिकाले माग रिफारिस गरेमा जिल्ला समन्वय समितिमार्फत ५÷६ वटा स्टेचर सहयोग गर्ने बताएका छन् दियाे खबर बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *