१४ कोठे पक्कि भबनको अध्यक्ष बम द्वारा सिलान्यास

नमराज न्यौपाने कालिकोट जिल्लाको पलाँता ८ मा रहेको दुदेशिल्लो मा बि बेर्सैनकोट को भवन स्टामेट सङ्गै सिलानेस गरिएको छ ।

सिलानेस कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा, ७ का अध्यक्ष बर्ज बहादुर बम ८ का वडा अध्यक्ष पटक बहादुर बम, ८ का वडा सदस्य धर्म राज रोकाया, समाज बिकासमुखी कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष कटक महतारा, प्राविधिक काली बहादुर बम पलाँता निर्माण दल संयोजक तथा पुर्ब पि.एल.ए कमान्डर कल बहादुर बम उमेश, बिधालयका नि.प्र.अ लंक बहादुर बम, बिधालयमा कार्यरत कर्मचारी युब राज रोकाया लगाएत ७, ८ निवासी समुदाय लगाएतको उपस्थितिमा सिलानेश कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त भवनको लगानी २० र ३६ लाखमा ७ कोठे पक्कि भबन सिलानेस गरिएको छ भने उक्त भबनको १४ कोठाको डिजाईन गरिएको भौतिक संरचना १०० बर्ष सम्म केही हेर्नै नपर्ने गरि निर्माण हुने प्राबिधिक काली बहादुर बमले जानकारी दिनुभयो । यस्को कुल लागत १ करोड ११ लाख रहेको छ । त्यस्तै फिल्ड निर्माण ५५ लाख, प्रदेशको १० लाख बिद्यालय अान्तरिक श्रोतको १५ लाख वडा न ८ ले ५ लाख ७ र ९ ले ५ लाख र अध्यक्ष लगानि कोषको २० लाखमा ९० मिटर लम्बाई र ८० मिटर चौडाइ फिल्ड निर्माण गरिएको छ ।

२ करोड ६० लाखको लागत अनुमानमा भौतिक सम्रचना पूरा हुने र यसै बर्ष सबै ठाउमा भनसोन गरेर पूरा गर्ने गरि वडा बिद्यालय र स्थानिय समुदाय लागि परेका छन । वडाले अन्य क्षेत्रबाट अाउने रकम बाट दिने गरि ग्याभिनको काम वडाले जिम्मा लिएर काम सुरु गरेको वडा अध्यक्ष पटक बमले जानकारी दिनु भयो ।

तिहार भित्र एक तला तयार गरेर पठन पाठन सुरु गर्ने र माथिल्लो तलाको रकम प्रदेश सरकार र संघ सरकारलाई गुहारेर यसै बर्ष सम्पन्न गर्ने गापाले प्रतिबद्धता गरेको सङ्गै भवन सिलानेस गरिएको छ । यस स्कूलमा भौतिक, सामाजिक र शैक्षिक रुपमा सम्पन्न गर्ने गाउँ पालिकाको लक्ष्य रहेको गाउँ पालिका अध्यक्ष बमको भनाइ रहेको छ ।यो स्कूलमा आधुनिक तरिकाबाट पढाई, राम्रो गुणस्तरका साथै खेलकुद जीवनका लागी आवश्यक भएकोले शिक्षा सगै खेल पनि सिकाइन्छ । जेहेन्दार र गरिव निमुखालाई छात्रा वृद्धिको व्यवस्था,हरेक वार्षिककोत्सवको दिन खेलकुदमा अवल आएका विद्यार्थी हरुलाई पुरस्कारको साथै प्रमाणपत्र दिइन्छ । त्यसैले विद्यार्थीको संङ्ख्या बडाउन गाउँ पालिकाले विभिन्न काम गर्दै आयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *