जिल्लामा हाल सम्म एच आइ भि संक्रमितको संख्या ४९

कालिकोट जिल्लामा हाल सम्म एच आइ भि संक्रमितको संख्या ४९ जना देखिएको छ । शुक्रबार कालिकोटमा कणाली प्लसको आयोजनामा भएको सरोकारवाला संग समन्वय वैठक सम्पन्न भएको छ ।संक्रमण देखिएका मध्य २६ पुरुष र २३ जना महिलाले हाल सम्म कर्णाली पलस बाट औंषधि आइ रहेको पलसका टिम लिडर दिपक शाहिले बताउनु भयो । १७ वर्ष देखि औंषधि खादै आयका पलसका संस्थापक अध्यक्ष एच आइ भि संक्रमित कालि बहादुर शाहीले भने कुनै पनि रोग लाग्दैमा मानिसलाइ घिणा गर्न नहुने बताउदै आफु संक्रमण देखिएको १७ वर्ष सम्म बाँचेकाले कुसि ब्याक्त गर्नु भयो ।

बैठकमा प्रमुख अथिती समेत रहेकि खाँडाचक्र नगर पालिकाकि उप प्रमुख बिजया बिस्टले भने अहिले सम्म कालिकोटमा मात्र नभइ देशभरी एच,आइ,भि का बिरामि खुल्ल नसक्नु दुखको कुराभएको बताउनु भयो । उहाँले जुनसुकै बिराम बाट भाग्नु , लजाउनु भन्दा बिरामको उपचार खोज्नु पर्ने बताउनु भयो ।

साथै नगर उप प्रमुख बिष्टले यस्ता कार्यक्रमको लागि स्थानिए स्थरमा मालसम्म जानकार नभएकाले यसलाइ समाजमा थप जनचेतना फैलाउन आवश्क भएको र आफ्नो नगरपालिका रोग नियन्त्रणका लागि जस्तोसुकै सहयोग गर्न आफु र आफ्नो नगरपालिका तयार रहेको बताउनु भयो ।
राष्टिय एच आइ भि तथा एड्स महासंघको सहयोगमा भएको कार्यक्रमा कालिकोट जिल्लामा हाल सम्म सवै भन्दा पढि नरहरी नाथ गाउपालिकामा एच आइ भि संक्रमित रहेको जनाइयको छ । समन्वय बैठकमा प्रेस संघठन नेपालका जिल्ला संयोजक भरत राज बिष्ट ,नेपाल पत्रकार महासंघ कालिकोट शाखा सचिव खडानन्द अधिकारी ,गोर्खापत्र दैनिकका कालिकोट सम्वातदाता प्रमेराज सिम्खाडा लगाएतका जिल्ला स्थीत सरोकार वालिको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *