प्रदेश सभा सदस्य माननिय कुर्मराज शाहीको नेतृत्वमा सेरि पान्तडी सडकको अनुगमन ।

असोज १५ गते कालिकोट  प्रदेश सभा सदस्य माननिय कुर्मराज शाहीको नेतृत्वमा,कालिकोट जिल्लाको सेरी पान्तडी सडकको अनुगमन गरीएको छ । कर्णाली प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव धर्वेन्द्र झा, महासंखाका प्रमुख गोपाल शर्मा, गाउँपालिका अध्यक्ष खडानन्द चौलगाईँ, महावै गाउँपालिका अध्यक्ष नन्द्रबहादुर सिंह, नेकपा नेता चित्रसिंह गाउँले, रविन्द्र बहादुर शाहीको उपस्थितिमा सडकको अनुगमन गरिएको हो ।
विगतका दिनमा पटक पटक डिपिआर र सर्वे भएपनी पावर र पहुँचको अभावमा निर्माण हँुन नसकेको यो सडक प्रदेश सभा सदस्य कुर्मराज शाहीले गत वर्षमा १२ करोड छुटाएर ठेक्का प्रक्रिया सुरुभई निमार्ण कार्य भईरहेको छ । भौतिक पुर्वाधार मन्त्रालय माताहत कालिकोटमा पुर्वाधार विकास कार्यालय स्थापना गरी कार्यालयले योजनाहर हेररिहेको छ ।
अनुगमनमा त्यहाँका स्थानियले साविकको भर्ता, सुकाटिया, कालिका हुँदै दुई वटै पालिका जोड्ने सडक अहिले सम्म निर्माण नहुँदा आफुहरु पहिलेको दुर्गम क्षेत्र पलाता जस्तै भएको गुनासो गरे । अहिलेत पलाता विकासले फेरसिक्यो, हामो्र अवस्था उस्तै छ ,। स्थानियले निर्माण कम्पनीले पनी समयमै काम सम्पन्न नगरेको र स्टामेड अनुसार काम नगरी संख्यात्मक रुपमा बिल उठाउन मनपरी रुपमा बाटो खनिरहेको भनी अनुगमन टोली संग गुनासो राखे ,
स्थानियको गुनासो सुनीसकेपछी माननिय शाहीले, पहिलेका दिनमा जे जस्तो भएपनी अवदेखी सेरीपान्तडी सडक दुत्र गतीमा निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिने बताए । उनले भने, ̔पहिला थोरै वजेट मात्र आउथ्यो, थोरै दिएको वजेटले सडक बन्न सकेन, आफु प्रदेश सभामा गईसकेपछी पहिलो वर्षमै सेरी पान्तडीलाई गौरोवको आयोजनाका रुपमा हेरेर तत्काल सडक निर्माणका लागी पहल गरी गर्त आवमा १२ करोड वजेट छुटाएर टेन्डर भई काम गर्न लागाएको जानकारी गराए । उनले भने, यो वर्ष १५ करोड वजेट रातो किताबमा परिसकेको छ ।थप आवश्यक वजेटका लागी पहल गर्ने प्रतिवद्धता गरे ।
यस्तै मन्त्रालयका सचिव धवेन्द्र झाले सडक निर्माणमा ढिलाई गर्ने कम्पनीलाई कानुनी कार्बाही गरी सडक निर्माण दुत्र गतीमा लैजाने बताए । वजेटको अभावमा सडक निर्माणमा ढिलाई नर्गन समेत आग्रह गरे ।
सडक अनुगमन पछी सचिव झाले, तत्काल सडक निर्माणका लागी थप बजेटको व्यवस्थ गर्ने र सेरीपान्तडीमा बेलिव्रिज पुलको लागी तत्काल वजेट छुटाउने पनी आश्वासन दिए ।


निर्माणको जिम्मा पाएका निर्माण कम्पनीहरुले सडक मापदण्ड अनुसार निर्माण नगरेको अनुगमन टोलीले बताएको छ ।पान्तडी देखी ७ किलो मिटर सडक निर्माणको जिम्मा खड्का जेवी शुपरस्टारले काम गरिरहेको छ भने, अमरमजदुर ज्याला कन्टक्सनले समयमै निर्माण सम्पन्न गर्न नसक्दा म्याथ थपको प्रक्रियामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *