बलात्कार गरी हत्या गर्ने हत्यारालाइ फासिको माग गदै कालिकोटमा विरोद्ध प्रर्दशन

असाेज-१० कालिकोट । बझाङको मष्टो गाउँपालिका –२ कि १२ बर्षिया बालिका सम्झना कामिलाई बलात्कार गरी हत्या गर्ने हत्यारालाइ फासिको माग गदै कालिकोटमा विरोद्ध प्रर्दशन गरिएको छ ।
लिंगाशैनि युथकलवका अध्यक्ष हिक्मतजंग मल्लको नेतृत्वमा युवाहरुले हातहातमा सम्झनाको फोटो र प्यालेकाड बोकेर हत्यारालाई फासी दे, भन्दै सदरमुकाम मान्म बजारमा विरोध प्रर्दशन गरेका हुन ।
विरोध प्रर्दशन पछी मान्मको प्रतिमाचोकमा कोणसभा गरी नेता मल्लले बालिका सम्झनाका हत्यारालाई तत्काल अनुसन्धान गरी फासिको सजाय हुनु पर्ने बताए । उनले भने, “ १४ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता अझै नलागेको अवस्थामा , फेरी बझाङमा १२ वर्षिया बालिकालाई बलात्कार गरी हत्या गरीनु सरकारकै कमजोरी भएको बताए । निर्मला पन्तका हत्यारा पत्ता लागाएको भए, सम्झनाको हत्या नहुने बताए । उनले भने, सम्झनाको हत्यागर्ने हत्यारालाई उन्मुक्ती दिएका फेरीपनी सडकमा आगो बाल्ने चेतावनी दिए ।

प्रहरिका अनुसार, सम्झनाको शरीर भरी निलडाम र टाउकोमा चोट रहेको बताइएको छ । बझाङका प्रहरी प्रमुखका अनुसार सम्झनाको सव पोष्माडमका लागि जिल्ला अस्पताल लगिएको छ । विस्तृतमा रिर्पोट आउन बाँकि छ । प्रारम्भिक रिर्पोटमा बलात्कार खुल्न आएको बताए ।
उनका अनुसार, सम्झना ब्धवार साझ साढे ५ वजे घरबाट गाई– गोरु गोठमा बाध्न निस्किएकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *