नागरिकका पीडा बुझेर मुख्यमन्त्रीको टोली प्रदेशमा
असोज ८ कालिकोट क र्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही,आन्तरिक मामिला मन्त्री नरेश भण्डारी,सामाजिक विकास मन्त्री दल रावल लगाएतको टोलि विभिन्न जिल्ला पुगेर प्रदेश राजधानी सुर्खेत फर्केको छ ।
विशेष गरी माथिल्लो कर्णालीका विकट जिल्लाहरुमा विभिन्न प्रकोपका कारण पीडित भएका नगगरिकहरुका समस्याहरु बुझेर १० दिनपछि मुख्यमन्त्री शाही सहितको टोली सुर्खेत फर्केको हो ।
मुख्यमन्त्रीको टोलीले कालिकोट, जुम्ला, मुगु, र हुम्ला ,दैलेख लगाएतका जिल्लामा वाढी पहिरोबाट पीडितहरुलाई भेटघाट गर्नुका साथै राहत वितरण गरेको मुख्यमन्त्रीका सचिवालय प्रमुख खेमबहादुर सिंहले खबरखोजलाई वताउनु भएको छ ।
उहाँका अनुसरा मुख्यमन्त्रीले भम्रणका क्रममा कालिकोटबाट विपद विमाको सुरुवात, कोभिड अस्पताल उदघाटन, विभिन्न जिल्लाका पहिरो पीडितलाई राहत लगाएतका काम गर्नु भएको छ ।
मुलतः जनताका पीडमा मलम लगाउदै जनताका समस्यहरुको सम्वोधन गर्ने प्रतिवद्धताका साथ मुख्यमन्त्रीको भ्रमण सफल भएको स्वकीय सचिव सिंहको दावी रहेको छ ।