नरहरिनाथ गाउँपालिकाका बाढीपिडितहरुलाई वडा नंं ४ को सुँगुरखालमा ६८ घरधुरीलाई स्थानान्तरण

कालिकाेट जिल्लाको नरहरिनाथ गाउँपालिकाका बाढीपिडितहरुलाई वडा नंं ४ को सुँगुरखालमा ६८ घरधुरीलाई स्थानान्तरण गरिएको छ ।गत साउन १३ गते आएको अविरल बर्षाका कारण नरहरिनाथका विभिन्न वडाहरुमा धन जनको ठुलो क्षति भएसँगै यसले प्रभावित भएका अति जोखिममा रहेका बाँगा, भाँटगाउँ, घोडेसिल्ला लगायतका बस्तीहरुका घरपरिवारहरुका लागि तत्कालका लागि अस्थायी रुपमा बस्ती स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले बताउनुभयो ।
खाद्दान्न त्रिपाल खानेपानी लगायतको आवसीय प्रबन्ध उचित तवरले व्यवस्थापन गरिएको जनाईएको छ । पहिरोको कारण गाउँमा कुनैपनि हालतमा बस्ने वातावरण नभएपछि यसो गरिएको अध्यक्ष बिष्टले बताउनुभयो ।
जोखिममा रहेका बस्तीलाई उपयुक्त स्थानमा लगिएको बताउदै अध्यक्ष बिष्टले गाउँपालिकामा आईपर्ने विभिन्न विपत्तिबाट आईपरेका समस्याहरु निराकरणका लागि आफुहरु निरन्तर लागिपरेको बताउनुभयो ।
नरहरिनाथ गाउँपालिकामा मात्र पहिरोमा परि २० जनाको ज्यान गएको छ भने ४ जना वेपत्ता अवस्थामा छन् भने सयौंको संख्यामा घरहरु विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *