आत्मनिर्भर बन्दै पलाताका महिला

असाेज ८ पलाँताका महिलाहरुका लागि साक्षरता र ससक्तिकरण परियाेजनाकाे बार्षिक समीक्षा गाेष्ठि सम्पन्न भयकाे छ ।

 

पलाँता गाउपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमकाे अध्यक्षतामा सञ्चालन भयकाे बार्षिक समीक्षा गाेष्ठिमा पलाँताका निरक्षर महिलाहरुलाई साक्षर बनाउन परियाेजनाले खेलेकाे भुमिकाका बिषयमा छलफल गरियकाे थियाे । परियाेजनाले पलाँताका महिलाहरुलाई सबल, सक्षम र सफल उधमि बनाई जिबनयापनका लागि जिबिकाे पार्जन गर्न सहज बनायकाे छ ।

 

प्राय घरमा महिलाहरु असाक्षर हुनुले घरनै अन्धकार हुन्छ । सामान्य लेखाजाेखा गर्न नसक्नुले पनि पारिबारिक भार थपिदै जान्छ । जुनसुकै घरमा अनपढ महिला हाेस या पुरुष हाेस साक्षर हुनु पर्ने अनिबार्य बिषय हुन्छ । पलाँता गा: पा: मा यस परियाेजनाले गरिबी उन्मुलन तथा ससक्तिकरण गर्नुका साथै परिवारमा शान्ति अमन चयन गरेकाे जनाईएकाे छ । पलाँताकाे वडानम्बर १ देखि ९ वडा सम्म रहेका २० वटा समूहमा जम्मा पाँच सय जना निरक्षर महिला साक्षर भयका छन् ।

 

सन २०२० मा नेपाललाई नै पुर्ण साक्षर बनाउने नेपाल सरकारकाे उदेश्यलाई पहिलाे प्रथामिक्तामा राखि बिगत ४ बर्ष देखि पलाँतामा याे परियाेजना सञ्चालनमा रहेकाे छ । साक्षरता र ससक्तिकरण परियाेजनाका सुपर भाईजर युवराज बमले भने पलाँताका निरक्षर महिलाहरुले अाफ्नाे सवालकाे पहिचान गर्ने भएका छन् । छाउपडि पर्था, बाल अधिकार, घरेलु हिंसा, महिला अधिकार, जातिय विभेद,बाल विवाहा, बहु विबाहा जस्ता बिकृति बिसंगतिका बिषयमा जानकार समेत भयकाे बताए । परियाेजनाका अधिकृत सरिता शाहीले भनिन् हाम्रि समुहकि महिलाहरु लेप्चे लगाउने बाट अाफ्ना नाम चिनेर हस्ताक्षर गर्ने भयका छन ।

 

अहिले सम्म गाउपालिका भरि प्रत्येक वडाकाे १/१ जना गरि ९ जना सिलाई कटाई ब्यबसाय बाट अात्मनिर्भर बनाउन सफल भयकाे बताईन् । मासिक रुपमा बचत गर्ने बानिकाे बिकास भयकाे बताउदै घरमा घरेलु हिंसाकाे समेत अन्त्य भयकाे बताईन् । गापा अध्यक्ष लक्ष्मण बाहदुर बमले यश परियाेजना मार्फत पाँच सय पच्चिस जना लघु उध्धमि बन्ने बताए । गएकाे बर्ष ९ जना सफल सिलाई कटाई उत्पादन गर्नुका साथै,७ वटा भैसि, कुखुरा बितरण गरियकाे र याे बर्ष २५ वटा भैंसी बितरण गर्ने बताए ।

 

पलाँतामा उत्पादन भयका उध्धमिहरुलाई अागामि दिनमा सहकारि मार्फत अात्मनिर्भर बनाउने भयकाले फेरिका दिनमा कसैकाे अास नमान्ने जनशक्तिकाे उत्पादन गर्ने बताए । पलाँता गापाकाे अार्थिक सहयाेग किर्डाक नेपालकाे प्राबिधिक सहयाेगमा साे बार्षिक शमिच्क्षा गाेष्ठि सम्पन्न भयकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *