नेकपाको कार्यकर्ता भेटघाट अभियान सुरु

असोज  ६कालिकोट    जिल्लाको तिला,गुफा नगरपालिकामा कार्यकर्ता भेटघाट अभियान सुरु भएको छ । कार्यकर्ता भेटघाट अभियानमा नेपाल कम्युनिष्ट पार्टि नेकपामा नव प्रवेसिकाहरुको लहर चल्न सुरु भएको हो ।

 

आज तिलागुफा नगरपालिका वडा नं ११ को चिल्खायामा भेटघाट कार्यक्रममा नेकपामा प्रवेश गर्नेहरुको घुईचो लागेको स्थानियहरुको भनाई छ । नव प्रवेशिका नेपालि काँगे्रश ,नेमकिपा,विप्लव समुह,स्वतन्त्र पार्टि लगाएतका ९० जनाले नेपाल कमिन्युष्टमा प्रवेश गरेको वताईएको छ ।

 

नव प्रवेशिकाहरुले पार्टिको निति विधि विधान लाई नअगाल्ने र काम भन्दा कुरो धेरै गर्ने पार्टि आफुलाई आवश्यक नभएको वताएका थिय । देशको भविश्य ,आशा र विश्वासिलो एक मात्र नेपाल किमिन्यष्ट पार्टि भएकाले आगामि दिनहरुमा यस पार्टिको इमान्दार र कर्तव्यनिष्ट कार्यकर्ता भएर लागिपर्ने वताउदै पार्टिमा पवेश गरेका  वताईएको छ ।

 

कार्यकर्ता भेटघाट कार्यक्रममा नगर प्रमुख रतन बहादुर शाहि,नगर पार्टि अध्यक्ष दिनेश चदाँरा,जिल्ला कमिटि  सचिवालय सदस्य ऐन बहादुर शाहि, लगाएतले नव प्रवेशिकालाई फुलमाला लगाएर सम्मान गर्दै नेकपामा प्रवेश गराएको कमल भटराईले जानकारि दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *