कांग्रेस युवा नेता शाहीको अभिभावक बिहिन असहायलाई भोजन

कालिकोट । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले मानवसेवा आश्रम सुर्खेतमा बसिरहेका अभिभावक बिहिन ४५ जना असहायलाई भोजनको गराएका छन । गृह जिल्ला कालिकोट पुगेर विभिन्न सामाजिक तथा पार्टीका काममा सक्रिय नेता शाहीले मानवसेवा आश्रममा विहानी खानाको व्यवस्था गरेका हुन ।

सो अवसरमा नेता शाहीले मानविय मुल्यको आदर्समा हिडिरहेका मानव सेवा आश्रमका सम्पूर्ण अभियन्तालाई धन्यबाद दिए । उनले भने, ‘सदैव यसरी नै खुसि मनले सबैलाइ दिएर खान पुगोस्, आश्रममा बस्नु हुने सबैको जीवनले सार्थकता प्राप्त गरोस्, सु स्वास्थ्य, दीर्घायु एंव उत्तरोत्तर प्रगतिको लागि भगवानसंग प्रार्थना गर्दछु।’ राजनीति नै समाजसेवा भएको भन्दै नेता शाहीले जनताका हरेक दुखमा साँथ दिंदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *