पलाँताको खिनमा गाडी गुड्यो

असोज,३ कालिकोट    जिल्लाको पलाता गाउँ पालिका वडा नम्बर ६ जाफे रोडको उदघाटन गरिएको छ । उदघाटन कार्यक्रममा गाउँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँतिकान्छा जिल्ला समन्वय सदस्य अनन्त बिश्वकर्मा  उर्जा समिती संयोजक जन राज बम पार्टी अध्यक्ष ज्ञान बहादुर ऐडि लगाएत को टिमले आजउदघाटन गरेका हुन।

पलाँता गाउँपालिका वडा नम्बर ६ मा गाउँपालिका अध्यक्षले मोटरबाटोको उदघाटन गर्नु भएको छ । संविधान दिबसको दिन पारि अध्यक्ष बमले रिवन काटेर उदघाटन गर्नुभएको हो । जुम्ला रिखिदेव जाफे उपभोक्ता समितिले गत फागुनमानै मोटरबाटो खनेर सम्पन्न गरेका थियोे  ।

मोटरबाटो उदघाटन गर्दै बमले यस्तो गाउँको टोलटोलमा गाडी आउँला भनेर सोचिएको थिएन, २० बर्षको हुदाँ सुर्खेत गएको थिए, गाडी देखिएका थिएनन, यस्तो यातायातका साधन चल्लान भनेर सोचेको पनि थिएन, अहिले आएर टोलटोलमा मोटरबाटो पुग्दा निकै विकास भएको देखेको स्थानियले बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *