४ सय लिटर घरेलु मदीरा नष्ट

असोज २ कालिकोट । जिल्लामा घरेलु मदिरा नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको छ । जिल्ला प्रहरी कार्यालयमा आउने अधिकांश जगन्य अपराधका मुद्धाहरुमा ६० प्रतिशत मदिरा सेवनकै कारण हुने हुँदा अवैध घरेलु मदिरा नियन्त्रणमा प्रहरीले सक्रियता बढाएको हो ।

 

अवैध रुपमा उत्पादन हुने घरेलु मदिरा नियन्त्रणका लागि जिल्लाका बिभिन्न बजारहरुमा छड्के अनुगमन गरी प्रहरीले कडाई गरेको हो । प्रहरीले सशुक्रबार मात्र ४ सय लिटर घरेलु मदीरा जफत गरी नष्ट गरेको छ ।

 

जिल्ला प्रहरी प्रमूख डिएसपी चक्रबहादुर शाहाले समाजमा हुने भै झगडा, सामाजिक बिकृतिहरुलाई नियन्त्रण गर्न घरेलु मदीरालाई नियन्त्रण अभियान सुरु गरिएको बताए । उनले जिल्ला सदरमुकामदेखी गाँउ गाँउमा स्थापना भएको बजारहरुमा पनि प्रहरीले कडाई गर्ने बताए ।

 

जिल्लाका बिभिन्न ठाँउमा रहेका प्रहरी युनिटहरुलाई पनि घरेलु मदिरा बिरुद्धको अभियानमा सक्रिय बनाउने उनले बताए ।

 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा इन्सपेक्टर यक्षराज जोसीले मान्म बजार क्षेत्रमा प्रहरीले शुक्रबार छड्के अनुगमन गर्दा ४ सय लिटर घरेलु मदीरा जफत भएको बताए । उनले घरेलु मदीरा बनाउने भाँडा भित्र महिलाहरुले लगउने पेटिकोट, मोजा, पुराना कपाडाहरु समेत फेला परेको बताए । उनले भने, ‘जिल्ला प्रहरी कार्यालयले स्थानिय स्तरमा शान्ति सुरक्षा कायम गर्न पनि मदीरालाई कडाई गर्न लागिएको हो ।

 

दशै तिहार जस्ता चार्डबार्डको बेला मानिसहरुको भीडभाड हुने र मदीराका कारण जगन्य अपराध हुने भएकाले पनि समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत यसलाई नियन्त्रण गर्ने अभियान सुरु गरिएको हो ।’ पछिल्लो समय मदिराका कारणले महिला हिंसाका घटनाहरु घट्ने गरेको प्र्रहरीले जनाएको छ । मदिरा सम्बन्धिको ऐन तथा नियमावली अनुसार अवैधानीक रुपमा उत्पादन भईरहेको घरेलु मदिरालाई पुर्ण रुपमा बन्द गर्ने प्रहरीको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *