नरहरिनाथमा सुशासनमा नागरिक सहभागिता कार्यक्रम सम्पन्न

असोज २कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकामा सहभागितामुलक नीति निर्माण तथा कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सहकर्मी समाज कालिकोटको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला सुशासन तथा वकालत अधिकृत चेतराज भट्टले सहजिकरण गरेको कार्यक्रममा नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाको प्रमुख आथित्यता नागरिक समाज र वडा स्तरमा गठित युवा क्लव तथा विभिन्न समुहका व्यक्त्तिहरुको सहभागितामा संसाधनहरुको पहुँचका लागि स्थानीय सरकारसँग संसाधन मापन सम्बन्धी व्यापक छलफल र सहभागितामुलक नीति निर्माण तथा कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया गरिएको सुशासन समाज कालिकोटका सामुदायिक सहजकर्ता लोकेन्द्र बिष्टले जानकारी दिनुभयो ।

कार्यक्रमका सहभागी स्थानीय जनप्रतिनीधि र गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सेवा प्रवाह र आगामी कार्यनीति, र प्रतिवद्धता सहितको स्थानीय स्तरमा सुशासनमा नागरिकको सहभागितालाई सुनिश्चितता गराउन र आगामी दिनमा सुशासनको दिर्घकालिन रणनीतिको बाटो तय पनि गरिएको जनाईएको छ ।

वि.सं. २०५४ मा सुर्खेतबाट प्रारम्भ भएको सहकर्मी समाजले मुलुकका अधिकांश जिल्लाका साथै कालिकोटका तिनवटा स्थानीय तहहरु खाडाँचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका र सान्नित्रिवेणी गाउँपालिकामा समेत सुशासन सम्बन्धि कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *