पहिरोमा परि श्रीमान सहित पुरै सन्तान गुमाएकि पान्कालाइ काङ्ग्रेस नेताको सहयोग

भदाै ३० गते कालिकोट  नेपाली कांग्रेस कालिकोटले जिल्लाको पहिरोमा पुरै सन्तान गुमयकि शुभकालिका गाँउपालिका वडा नं. ७ निवासी पहिरो पीडित पान्का शाहीलाई सहयोग गरेको छ । नेपाली कांग्रेस कालिकोटले जिल्लाभरीका बाढी र पहिरो पीडित परिवारहरुलाई सहयोग गर्ने अभियान अन्तरगत मंगलबार जिल्लाको शुभकालिका गाँउपालिका वडा नं. ७ की पान्का शाहीलाई नगद दश हजार सहयोग गरेको हो ।
यही भदौ १४ गते बिहान जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्मा बजारमा पहिरोमा परी पान्का शाहीका श्रीमान सहित दुई छोरा र एक छोरीको मृत्यू भएको थियो । उनको परिवार व्यपार व्यवसायको शिलशिलामा नाग्मा बजार बस्दै आएको थियो । उनलाई मंगलबार , गत निर्बाचनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा महासमिति सदस्य भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस कालिकोटका पाटी सभापती हर्षबहादुर बम, महासमिति सदस्य मोतिराज बम, कांग्रेस नेताहरु शंकरप्रसाद उपाध्याय, दमन शाही, मीनबहादुर कोगटी, नगेन्द्र बिष्ट, तारा शाहा, भानुभक्त संज्याल, मनराज शाही लगायतका नेताहरुको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नेताहरुले जनताको सुख दुखमा साथ दिन नेपाली कांग्रेसले जिल्लाभरीका बाढी र पहिरो पीडित परिवारलाई सहयोग गर्ने अभियान थालेको बताए । कांग्रेस युवा नेता भुपेन्द्रजंग शाही र केही बिदेशमा रहेका युवाहरुको सहयोगमा हालसम्म जिल्लाका ३२ जना मृतकका परिवारजनहरुलाई सहयोग गरिएको छ । कोरोनाको कहरमा नागरिकहरुलाई बाढी र पहिरोले ठुलो क्षेती बनाएको भन्दै कांग्रेसले गाँउ गाँउमा नागरिकको सुख दुखमा साथ दिन नेता तथा कार्यकर्ताहरुलाई परिचालन गरेको छ । बिपतमा नागरिकलाई साथ दिने र पाटीको संगठन बिस्तार अभियान पनि जारी राख्ने कांग्रेसले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *