कालीकोटबाट विपद् विमा सुभारम्भ

   कालीकोटमा यस वर्ष मात्र ५१ जनाले बाढी पहिरोबाट ज्यान गुमाए ।।
२९ भदौ कालिकोट        साउन ११ रातीको पहिरोले ७ जना आफन्त गुमाएका नरहरिनाथ ७ माल्कोट बागाका पदमवहादुर बुढालाई आइतवार कालीकोटमा आयोजित कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले दुई लाख रुपैयाको सांकेतिक चेक हस्त्रान्तरण गरेर विपद् बिमाको शुभारम्भ गर्नुभएको छ । सबै कर्णालीबासी र राष्टसेवक कर्मचारीका लागि कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुरु गरेको विपद् जोखिम दुर्घटना बिमा कार्यक्रमको कालीकोट बाट शुभारम्भ गरिएको हो ।

 

कर्णाली प्रदेश सरकारले विपद्मा परेका सबै नागरिकको घाउमा मलम लगाउन सामुहिक विमा गरेको थियो । विप्द बिमा कार्यक्रमको शुभारम्भ गर्न कर्णाली प्रदेश मुख्यमन्त्री शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, प्रदेश सांसद कुर्मराज शाहीसहितको सहभागितामा कालीकोटका पहिरो पीडितको खातामा रकम पठाएर विपद् विमाको सुरुवात गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभयो ।

 

उहाँकाअनुसार स्थानीय तहबाट नजिकको हकवाला पहिचान गरेर आएका सबै पीडितको खातामा गृह मन्त्रालयमार्फत जाने दुई लाख र कर्णाली प्रदेश सरकारको विपद् विमावापतको दुई लाख रकम जम्मा गरिएको बताउनुभयो । यस वर्षको बाढी पहिरोमा कालीकोटले सबैभन्दा बढी क्षति बेहोरेकोले विपद् विमाको सुरुवात पनि कालीकोटबाट गरिएको मुख्यमन्त्री शाहीले बताउनुभयो । उहाँले पूणरुपले घर क्षति भएकालाई थप एक लाख र घरसम्पत्ति सबै क्षति भएका पीडितलाई ३ महिनासम्म खाद्यान्न पनि कर्णाली प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिनुभयो । बैक खाता छोरीको सुरक्षा जीवन भरीको नारासहित छोरीको नामाम बैक खाता कार्यक्रमको सुरुवात पनि कालीकोटबाट भएको सुनाउदै उहाँले विपद् विमाले कर्णाली प्रदेशका विपन्न ब्यत्तिलाई सहयोग पुग्ने बताउनुभयो ।

 

जीवनको तुलनामा रकम गौण भए पनि रोइरहेका नागरिकको आशु पुछ्न विपद् विमाले सहयोग पुग्ने जानकारी दिदै घर विहीनलाई हाल टेन्टमा बसालिएकोमा अब टिनको छानामा बसाल्न एक लाख रकम दिन लागेको पनि जानकारी दिनुभयो । कर्णाली प्रदेशले नेपालमा मात्र नभएर दक्षिण एशियामै सबै नागरिकको सामुहिक दुर्घंटना बिमा गरेर रकम भुक्तानी सुरु गरिएको आन्तरिक मामिला मन्त्री भण्डारीले बताउनुभयो । असार यता कालीकोटमा मात्र पहिरोमा परी ४४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता छन् । १६ जना घाइते भए ।

 

यहाको नरहरिनाथमा २०, महाबैैमा ८, तिलागुफामा ६, रास्कोटमा ७, शुभकालिकामा ४, सान्नी त्रिवेणीमा २, खाडाचक्र, पलाता र पचालझरनामा १–१ जनाले ज्यान गुमाएको सहायक प्रजिअ युवराज गुरागाईले बताउनुभयो । उहाँकाअनुसार जिल्लाभर ६ सय ८५ घर पूणरुपले भत्किएका, १ हजार ७ सय ७१ घर आंशिक क्षति भएका, २ सय ३८ खानेपानी आयोजना, १२ स्वास्थ्य चौकी भवन, ४५ विद्यालय, २२ वटा सडक ६ वटा पुल, २ सय २२ वटा सिचाई कूलो क्षतिग्रत भएका छन् ।

 

यहाका ९ वटै पालिकाका ५३ वस्ती जोखिममा छन् । जोखिम वस्तीलाई स्थानान्तरण गर्न कर्णाली प्रदेश र संघीय सरकारसग माग गरिएको नरहरिनाथ गाउपालिका अध्यक्ष धीरवहादुर विष्टले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *