कर्णाली प्रदेशका मुख्यमन्त्रीद्धारा कालीकोटका सरोकारवालाहरुसंग छलफल

भदौ २७ गते कालीकोट जिल्लाको कोरोना भाइरस कोभिड १९ को रोकथाम र बाढी पहिरोको विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरोकारवालासंग छलफल गर्नुभएकोछ । पछिल्लो समयमा कालीकोट जिल्लामा कोरोना भाईरस कोभिडको अवस्थाको बारेमा जिल्लाका स्थानीय तहका प्रमुखसंग र जिल्लाका राजनीतिक दलहरुसंग छलफल गर्नूभएको हो । मुख्यमन्त्री शाही कालीकोटको पछिल्लो अवस्था बुझ्न र कोरोना र बाढी पहिरोको रोकथामका लागि सरोकारवालासंग छलफल गर्न कालीकोट आउनुभएको हो । उहाँले कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम र बाढी पहिरोका पीडितलाई राहत दिदै आएको बताउनुभयो । कर्णाली प्रदेसका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समिती कालिकोटका प्रमुख अनिपाल साहीको अध्यक्षतामा कोरोना भाईरस कोभिड १९ र केही दिन अगाडि बाढी पहिरो बाट भएको आर्थिक, भौतिक र मानवीय क्षतिको बारे ९ वटै स्थानीय तहका प्रमुख ,उप प्रमुख र जिल्लाका सम्पुर्ण सरोकारवाला निकायका प्रमुखहरु बिच समिक्षात्मक र समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *