मारवाडी र कोपिला भ्यालीले नरहरिनाथ गाउपालीका लाई आयुर्वेदिक औषधी हस्तान्तरण

भदौ १९ कालिकोट विश्वभरी फैलिएको कोभिड १९ रोगको रोकथाम तथा नियन्त्रणका लागि कोपिला भ्याली सेवा समाज सुर्खेतले नरहरिनाथ गाउँपालिकालाई आयुर्वेदिक औषधी हस्तारन्तरण गरेको छ ।मारवाडी सेवा समाज नेपालको आर्थिक सहयोग र कोपिला भ्याली सेवा समाज सुर्खेतको साझेदारीमा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी सो संस्थाले निशुल्क प्रदान गरेका हुन् ।
भौतिक दुरी कायम गर्दै एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्ट, उपाध्यक्ष मनशोभा बुढा र प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर मल्ललाई संयुक्त रुपमा आयुर्वेदिक औषधी नेकपाका युवा नेता तथा सामाजिक अभियान्ता धीर बहादुर शाहीले हस्तान्तरण गर्नु भएको हो ।

औषधी बुझ्दै गाउँपालिकाका अध्यक्ष बिष्टले कोपिला र मारवाडी सेवा समाजलाई यस्तो विषम् परिस्थितिका माझ रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गर्दा जनतालाई केही राहतको हुने बताउनुका साथ आगामी दिनमा यस्ता सहयोगलाई निरन्तरता दिन अनुरोध समेत गर्नुभयो ।
प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँका प्रमुख डा जितेन्द्र महत्तोले सो औषधीलाई चेकजाँच र सेवन गर्न मिल्ने नमिल्ने मात्रा र अवधी छुट्याएर मात्र जनतालाई सो आयुर्वेदिक औषधी वितरण गरिने बताईएको छ ।नरहरिनाथ गाउँपालिकका पहिलो चरणमा ५ हजार घरधुरीका करिब २४ हजार जनसंख्यालाई पुग्ने आयुर्वेदिक औषधी हस्तान्तरण गरिएको अभियान्ता शाहीले बताए ।कोपिला भ्याली र मारवाडी सेवा समाजले लामो समयदेखी देखी नेपालमा विभिन्न सामाजिक तथा नागरिक हितअनुकुलका कार्य गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *