कालिकोटको कोरोना अस्पतालाई पिपिइसेट काँग्रेसद्धारा हस्तान्तरण

भदौ १८ कालिकोट जिल्लामा रहेको कोरोना अस्पतालाई नेपाली काँग्रेस जिल्ला कार्य समितिले पिपिइ सेट हस्तान्तरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनानुदिन कालीकोटमा फैलिदै गएपछि कोरोनाको उच्च जोखिममा स्वास्थ्यकर्मी रहेको भन्दै कालिकोट काँग्रेस पिपिइसेट स्वास्थ्य सेवा कार्यालयका प्रमुख कटकबहादुर महतलाई हस्तान्तरण गरेको हो । कालीकोटमा बन्न लागेको कोरोना अस्पतालको अवलोकन गर्दै स्वास्थ्यकर्मीलाई कोरोनाबाट बच्नका लागि पिपिइसेट काँग्रेसले दिएको हो ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति कालिकोटका सदस्य नमराज बमको आर्थिक सहयोगमा नेपाली काँग्रेस पाटी जिल्ला सभापति हर्षबहादुर बमले पिपिइ सेट हस्तान्तरण गर्नुभएको हो । पिपिइसेट बुझ्दै कटक महतले कालीकोटमा राजनीतिक दलका रुपमा काँग्रेसले नै सहयोग गर्दै आएको बताए । उनले यस भन्दा अघि पनि काँग्रेसले कोरोना रोकथामका लागि प्राविधिक सामाग्री उपलव्ध गराएको थियो अहिले पनि स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिइसेट दिएकोमा खुसी लागेको बताए । उनले भने सवैको सहयोग यसरी नै रह्यो भने कालीकोटलाई कोरोनामुक्त जिल्ला बनाउन सकिने भएकाले सवैको सक्दो सहयोगका आवश्यकता रहेको महतले बताए ।

कार्यक्रममा पाटी सभापति हर्षबहादुर बमले कोरोना अस्पतालका लागि चाहिने सामाग्री सहयोग गर्नमा काँग्रेस तयार रहेको बताए । उनले काँग्रेस जनताको पाटी भएकाले जनताको हितका लागि जस्तो सुकै सहयोग गर्न काँग्रेस तयार भएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका सहसचिव दमनबहादुर शाही, सदस्य मिनबहादुर बोगटी नमराज बम, भानुभक्त संज्याल, कालीबहादुर विष्ट लगायत नेविसंघ तरुणदलका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *