नरहरीनाथ गाउँपालिकाको टोली प्राविधिक सहित घरदैलोमा

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाको टोलिले बाढीपीडितको अवस्था बुझ्न घरदैलो गरेको छ । साउन १२ र १३ गते आएको अविरल वर्षासंगैको बाढीपहिरोले क्षति बनाएको भौतिक संरचनाको अवलोकन गर्न गाउँपालिका टिम घरदैलोमा पुगेको हो ।

प्राकृतिक विपदका कारण भत्किएका क्षतविछेद भएका भौतिक संरचनाको पुन निमार्णका लागि प्राविधिकको टोलि सहित घरदैलोमा गएको छ । यसवर्षको अविर बर्षासंगैको बाढी र पहिरोले नरहरिनाथ गाउँपालिकामा जनधनको क्षति गरेकाले मृतकका आफन्तलाई सान्तवना दिदै भौतिक संरचनाको निमार्णका लागि घरदैलोमा गएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनले भने, हामीले सवै वडामा घरदैलो गरेका र्छौ, जोखिममा रहेका नागरिकलाई अस्थायी बासस्थानको व्यवस्था पनि गरेका र्छौ ।’


साउनमा आएको बाढी र पहिरोमा परि नरहरिनाथ गाउँपालिकाका १६ जनाले ज्यान गुमाएका छन् भने ४० भन्दा बढी घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *