एकै वडाका २० जनामा कोरोना संक्रमण

कालिकोटमा थप कोरोनाका २० संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण फेला परेको हो जिल्लाको तिलागुफा नगरपालिका–२ का स्थानीय २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए । उनका अनुसार तिलागुफा नगरपालिका वडा नं २ का स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको हो । ६६ जनामा गरिएको परिक्षणमा २० जनामा कोरोना संक्रमण देखिएपछि कालीकोटमा कोरोनाको उच्च जोखिममा रहेको अनुगमान गर्न सकिन्छ ।

जिल्लाको तिलागुफा नगरपालिकाले यो समयमा हुने विभिन्न मेला, पैठ सार्वजनिक कार्यक्रममा रोक लगाउन नसकेपछि तिलागुफामा कोरोना संक्रमण फैलिने क्रम बढ्दै गएको छ । २० जनाको सम्पर्कमा रहेका अन्य नागरिकको पनि स्वाव परिक्षण गर्ने सूचना अधिकारी महतले बताए । उनले भने, ‘पछिल्लो समयमा कालीकोटमा कोरोनाको संक्रमण फैलिनुमा कसैको पनि सहयोग भएन स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले मात्र कोरोना संक्रमण रोकथाम गर्न नसक्ने भएकाले अहिले कालिकोटमा भयावहक समस्या आएको हो ।’

कालिकोटमा कोरोना संक्रमण बढ्दै गएकाले आज ४ बजे सिसिएमसीको बैठक बोलाएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनले तिलागुफामा २० गतेसम्म निषेधाज्ञा गरिएको भएपनि त्यहाँको स्थानीय सरकारले मेला, पर्व पैठलाई रोक्न नसकेपछि कोरोना संक्रमण बढेको बताए । कालिकोटका स्थानीय सरकारले कोरोना संक्रमण रोकथाममा खासै चासो नदिएकाले पछिल्लो समयमा कोरोना संक्रमण कालिकोटमा फैलिएको प्रजिअ गैरेले बताए । उनले स्थानीय तहका प्रमुख कोरोना रोकथाममा जिम्मेवार नभएकाले तिलागुफामा कोरोना संक्रमण बढ्दै गएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *