नाग्म वजारको पहिरोमा परि १० जनाको मृत्यु घटनाको समन्वय प्रमुख शाहीद्धारा दुख व्यक्त

कालीकोट १६ भदौ कालिकोटको नाग्म वजारमा गएको पहिरोमा परि १० जनाको मृत्यु भएको छ।आईतवार भएको घटनाको कालीकोट जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले दुख व्यक्त गरेका छन्।

कालीकोटको तिलागुफा नगरपालिका १ नाग्म बजारमा आइतबार बिहान गएको पहिरोमा ठुलो मानविय क्षेति भएको भन्दै समन्वय समिति प्रमुख शाहीले एक विज्ञप्ती मार्फत दुख व्यक्त गरेका हुन्।उनीहरु मध्य ४ जना एकै परिवारका सदस्य हुन्

प्रमुख शाहीले पहिरोमा परि मृत्यु हुने प्रति श्रदान्जिली र परिवारजनमा समवेदना व्यक्त गदै घाईतेको स्वास्थ्य लाभको कामना गरेका छन।

घटना वारे जानकारी पाउना साथ उद्धार,खोजिकार्य एवं घाईतेको उपचारको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई आवश्यक निर्देशन दिई सकेको र प्राकृतिक विपद जोखिम क्षेत्रवाट वसोवास सार्न आवश्यक सर्तकता अपनाउन स्थानिय वासिलाई शाहीले आग्रह गरेका छन्।

कालिकोटका डिएसपी श्यामबाबु ओलीयाका अनुसार पहिरोमा पुरिएर नाग्म बजारका स्थानीय १० जनाको मृत्यू भएको छ। दुई जनाको उद्धार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ।

मृत्यु हुनेमा शुभकालिका गाउँपालिका ७ मुम्राह गाउँका बर्ष ४० का परेक शाही,उनका ७ बर्षिया छोरी हिमा शाही,५ बर्षको निराजन शाही र दुई महिनाको अकल शाही,तिलागुफा नगरपालिका १ का ३० वर्षिय तेज दमाई,निजको श्रीमति छोईला र छ वर्षिय छोरी गजेन्द्रा दमाई,३५ वर्षिया मञ्जु कटुवाल त्यस्तै सुर्खेत भेरीगंगा नगरपालीका १० छिन्चुकाका ४५ वर्षिया आईति खड्का र २२ वर्षिय अमृत थापा रहेका छन् ।

परेक शाहीको पत्नी पुन्ना शाही १३ बर्षिय बालक अर्जुन हमाललाई सामान्य घाइते अवस्थामा उद्धार गरिएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।पहिरोमा परेर बेपत्ता भएका नागरिकको उद्धार कार्य जारी नै छ।नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा उद्धार कार्य चलिरहेको डिएसपी ओलियाको भनाई छ।

मृतक परेक शाहीका परिवार नाग्म बजारका धनपति विकको घरमा किराना पसल गरिरहेका थिए।बजारमै पहिरो गएपछि त्रास बढेको छ।तल तिला नदिले कटान गरिरहेको छ।माथिबाट पहिरो आउन सक्ने खतरा पनि उत्तिकै रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *