ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव 

भदौ,१६कालिकोट     निरन्तर्को अविरल वर्षाका कारण गा्रमिण क्षेत्रका सडकहरु अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको मुल्य आकाशियको छ । गा्रमिण क्षेत्रका सडकका ठाउँ ठाउँमा पहिरो आएर सवारी साधन संचालनमा आउन नसकेपछी भरिया मार्फत पिठिँउमा बोकाएको वस्तुको मुल्य पुरानो रेटभन्दा दोव्बर भएपछी उपभोक्ताहरु मारमा परेका छन ।

 

कर्णाली करिडोरको विभिन्न ठाउँमा पहिरो आउदा  विषेश गरी चारवटा स्थानिय तहका नागरिकहरु महंगिको मारमा परेका हुन । पुरानो रेटमा पाइने डलफिन मोटा तिस किलोको चामल अहिले तिन हजार रुपैयाँ सम्म तिर्न परेको उपभोक्ताहरुले गुनासो गरेका छन । स्थानिय व्यापारिहरुले वाटो अवरुद्ध भएपछि कतै कालोबजारी त कतै कृत्रिम अभावको शृर्जना गरी पुरानो रेटभन्दा बढि रुपैयाँ तिर्नु परेको रास्कोट नगरपालिका वडा र्न २ निवासि दुर्गे सिम्खाडाले गुनासो गरे, उनले भने, एकतर्फ बाढि र पहिरोको मारमा छौँ, ‘त्यसैमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा महंगो रकम तिर्न बाध्य हुनु परेको बताए ।  केहि दिनयता चामल लगायतका वस्तुहरु पनि खोजेपनि भेटिदैन । यस्तै रास्कोट मात्र होइन शान्नि त्रिवेणि गाउँपालिका –८ मुमा्रका स्थानियले पनि  पन्ध्सयको चामलको मुल्य तिन हजार तिर्नु परेको गुनासो गरेकाछन ।

 

दैनिक उपभोग्य वस्तुको कालोबजारी र कृत्रिम अभावको शृर्जना नभएको उद्योग वाणिज्य संघ कालिकोटले जनाएको छ । पहिले पहिले केहि कालो बजारी भएपनि पछिल्लो समय स्थानिय सरकार र आफुहरुले गरेको अनुगमनपछि कालो बजारी नभएको जनाएको छ । उद्योग वाणिज्य संघका सचिव कमलराज वरालका अनुसार, पहिलेको रेटमा अहिले मुल्य वढेको छ । बाढि र पहिरोले सडक अवरुद्ध छ,  सवारि साधन चलेका छैनन्, ‘ठाउँ ठाउँमा पहिरो छ, ‘भरिया मार्फत दैनिक उपभोग्यका वस्तु बोकाउनु पर्दा मुल्य बढेको हो ।  यसका उद्योग वाणिज्य संघपनि उपभोक्ताहरु महंगिको मारमा पर्दा दुख लागेको छ । यसको लागि सम्बन्धित निकाय संग छिटो पहिरो पन्छाउने काम गर्न आग्रह गरेका छौँ । वाटो अवरुद्धका कारण गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव भएको उनले बताए ।

 

सडक अवरुद्ध भएको महिनौ दिन पुग्नलाग्दा सम्बन्धित निकायहरुले वाटो पन्छाउन नसक्दा  उपभोक्ताहरु महंगिको मारमा परेको नागरिक समाजका अघुवा दमनराज बलमे बताए । उनले भने, ‘साविकमा सत्रवटा गाउँविकास समितिका नागरिकहरुले हिँड्ने बाटो महिनौ दिन सम्म अवरुद्ध हुँदा सम्बन्धित  निकाय र स्थानिय तहले चासो नदेखाउनु कमजोरि रहेको आरोप लगाए । महिनौ दिनसम्म वाटो अवरुद्ध हुँदा गाउँमा दैनिक उपभोग्यवस्तुको पनि अभाव शृर्जना हुँदा भएको वस्तुको पनि मुल्य बढि तिरेर किनमेल गर्नु परेको छ, । यसको लागि सम्बन्धित निकायले छिटो भन्दा छिटो बाटो पन्छाएर सडक खुलाउन आग्रह गरे ।

 

अहिले कर्णाली करिडोरको फुगाड देखि जारकोटसम्मको बाटो पलाता गाउँपालिका र पचालझर्ना गाउँपालिकाले पहिरो र पुल बनाएर सडक सुचारु गरेको छ ।  शान्ति घाटदेखि आरसिपि बजार सम्म रास्कोट नगरपालिकाले पहिरो पन्छाएर सडक खुलाएको छ भने, लालिघाट देखि सम्म शान्तिघाट सम्मको बाटा पहिरै पहिरो छ । कसैको पनि ध्यान जान सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *