खानेपानी सरसफाई समन्वय समिति गठन हुदै कालीकोटमा

भदौ १६ गते  कालिकोट जिल्लाका सवै स्थानीय तहमा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिने भएको छ । डिवाससिसी कालिकोटको वैठकले स्थानीय तहमा तत्काल समितिहरु गठन गर्ने निर्णय गरेको हो ।

डिवाससिसि संयोजक तथा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको जिल्ला खानेपानी तथा सरसफाइ महासंघका अध्यक्ष चित्रसिंह गाउँलेले जानकारी गराउनु भएको छ ।उहाँका अनुसरा वैठकले गाउँ तथा नगरपालिकामा खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति गठनका लागि खाँडाचक्रमा खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय,महावैमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ(फेडवासन) तिलागुफा,शुभकालिका र पलातामा किर्डाक नेपाल कालिकोट लाइ जिम्मेवारी दिने निर्णय गरेको छ ।

यसैगरी नरहरिनाथमा हुरेण्डेक नेपाल,सान्नी त्रिवेणीमा सहकर्मी समाज,रास्कोट र पचालझरनामा रेडक्रस कालिकोटले गठन गर्ने गरी निर्णय भएको छ । बैठकको निर्णय अनुसार स्थानीय तहमा बाढी पहिरोले खानेपानी का संरचनामा गरेको क्षतिको लगत समेत संकलन गरि संरचना निर्माण वा पाइप विरण कार्य अघि बढाइने भएको छ भने कोरोन्टाइन बनाइएका बिधालय निर्मुली करण प्रक्रिया समेत तत्कालै थालिने भएको छ ।
यसैबीच डिवासिसी बैठकलाई मध्यनजर गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ कालिकोटले बाढी पहिरोले क्षति भएका खानेपानी आयोजनाबारे महासंघ जिल्लालाई जानकारी गराउन जिल्लाका उपभोक्ता समितिहरुमा सर्कुलर गरेको महासंघ जिल्ला अध्यक्ष गाउँलेले वताउनु भयो ।

उहाँका अनुसार नरहरिनाथमा पहिरोले क्षति गरेकोले पानी खान बञ्चित उपभोक्तालाइ तत्कालीन राहत स्वरुप खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय कालिकोटद्वारा ५ हजार मिटर पाइप उपलब्ध गराइएको छ । यसैगरी अन्यत्रको पनि विवरण आएमा आवश्यक सहयोग गरिने र जिल्लाका सबै स्थानीय तहमा पानीको गुणस्तर सुधार र मापनको कार्यपनि अघि बढाउने डिवाससिसी कालिकोटले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *